डिजिटल प्लेटफर्ममा ‘एक’

डिजिटल प्लेटफर्ममा ‘एक’

दाङ : कोरोना महामारीसँगै थला परेको नेपाली सिने क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ। महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द छन्। सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले भने डिजिटल रिजिलको प्रयास थालेको छ। 

चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ। नेपाली चलचित्र क्षेत्रमा सम्भवतः यो पहिलो प्रयोग हो। मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन हुनेछ। यसअघि नै चलिचत्रको ‘तड्का तड्का’ बोलको गीत सार्वजनिक भइसकेको छ। ‘अहिले डिजिटल युग सुरू भइसकेको छ। विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोसनमा गइसकेका छन्’, निर्देशक पण्डित भन्छन् ‘अब नेपाली सिनेमा पनि डिजिटलमा जानुको विकल्प छैन। कसै न कसैले त सुरुवात गर्नैपथ्र्यो। यो रिस्क चलचित्र एकमार्फत हामीले लिएका छौं।’

नेपाली राजनीतिमा हुने विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोखरेल छन्। 

उनले यो सिनेमामा एक गुप्तचरको भूमिका निभाएका छन्। राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरूलाई तह लगाउन गुप्तचरले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ। यो कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ। चलचित्रको छायांकन पनि मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ। गुप्तचर अधिकारीको भूमिकामा देखिएका विशालले चलचित्र ‘एक’लाई आफ्नो सिनेमा करिअरको दोस्रो र निकै चुनौतीपूर्ण इनिङ्सका रुपमा लिएका छन्। यसअघि ग्रेटर नेपाल, दासढुंगा, बधशालाजस्ता चर्चित चलचित्रहरू बनाइसकेका निर्देशक पण्डितका अनुसार यो सिनेमा स्पाई थ्रिलर हो। यो पण्डितको सातौं चलचित्र हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.