अष्टलक्ष्मीको ‘यू–टर्न’

अष्टलक्ष्मीको ‘यू–टर्न’

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। संविधानको धारा १६८ (१) अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ छाडेकी हुन्। त्यसपछि बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलका नेताबाट मुख्यमन्त्री पौडेलले राजीनामा दिए। पौडेलको  राजीनामापछि शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरिएको थियो।

बुधबारै पौडेलले मुख्यमन्त्रीबाट समेत राजीनामा दिए। उनको राजीनामापछि प्रदेशमा एकल बहुमत रहेको एमाले प्रदेश संसदीय दलले नेता शाक्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकहाँ  पत्र पठाएको थियो। देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्यले पार्टी एकतालाई जोगाउन र दबाब दिन आफूले यो निर्णय लिएको बताइन्। 

‘बागमती प्रदेशमा एमाले एकजुट छ भन्ने हामीले सन्देश दिएका छौं,’ उनले भनिन्, ‘प्रदेशको विकास र समृद्धिमा राम्रो काम गर्नेछु।’ २०३६ देखि २०४६ सम्म पञ्चायत व्यवस्थाविरुद्ध भूमिगत राजनीति गरेकी ६८ वर्षीय शाक्य एमालेकी उपाध्यक्ष तथा वरिष्ठ महिला नेतृ हुन्। उनी पूर्वमन्त्री समेत हुन्।  निवर्तमान मुख्यमन्त्री पौडेलले कसैको दबाबमा नपरी पार्टी एकता जोगाउन राजीनामा दिएको बताएका छन्। आफ्नो कार्यकालमा प्रतिकूलताका बीचमा सुशासन र विकास निर्माणमा सन्तोषजनक काम भएको उनको भनाइ छ। १०९ सदस्य रहेको बागमती  प्रदेशसभाबाट मुख्यमन्त्री शाक्यले अब विश्वासको मत लिनुपर्नेछ। प्रदेशभामा एमालेको हाल रहेको संख्या ५६ जना एमालेमै रहँदा मात्र मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्न सक्नेछन्। तर, एमाले विभाजनसँगै प्रदेशसभा सदस्यहरूले राजनीतिक दल सम्बन्धी अध्यादेशमा दल छनौट गर्न सक्ने सुविधाका कारण उनले सहजै विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति भने छैन। 

प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईंलगायत प्रदेशसभा सदस्यहरू नेकपा एमाले समाजवादीमा रहनेछन्। तर, कति जना कुन पार्टीमा लाग्ने टुंगो भने भइसकेको छैन। नेपाल मजदुर किसान पार्टी र राप्रपाले सरकारलाई साथ दिने बताएको छ। हालै नेपाल पक्षबाट ओली समूहमा खुलेका प्रदेशसभा सदस्य तथा निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले आउँदो निर्वाचनसम्म एमालेकै 
सरकार रहने दाबी गरे।  

बागमतीमा ओली पक्षका ३४, नेपाल पक्षका २२ प्रदेशसभा सदस्य थिए। हाल नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदुर किसान पार्टी र राप्रपाका २÷२ जना र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्। 

दुई मन्त्री नियुक्त
मुख्यमन्त्री नियुक्त भएलगत्तै शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उनले आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी दिएकी छन्। सामाजिक विकासमन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल नियुक्त भए। खनाल यसअघि माधव नेपाल समूहमा थिए। आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शाक्य आफैंले राखेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.