देउवा सरकार गैह्र जिम्मेवार : निवर्तमान प्रदेश प्रमुख प्रसाई

देउवा सरकार गैह्र जिम्मेवार : निवर्तमान प्रदेश प्रमुख प्रसाई

हेटौंडा : बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शेरबहादुर देउवा नेतृत्वको सरकार गैह्र जिम्मेवार ढंगले अगाडि बढेको बताएका छन्। संघीय सरकारले बागमती प्रदेश प्रमुखबाट हटाएपछि गृहजिल्ला झापा जानुअघि शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘असंवैधानिक तवरबाट बनेको वर्तमान सरकारले गलत काम गर्न सुरु गरिसकेको छ।’

हिजो केपी शर्मा ओलीले  राजनीतिक दल सम्बन्धी अध्यादेशमा र लाई हटाएर वा राख्दा फिर्ता लिनुपर्ने स्थिति आएको प्रसाइको भनाई छ। ‘अहिले २० प्रतिशतको प्रावधान आउँदा त्यो चाहिँ लोकतान्त्रिक भयो, मिडिया र जनताले राम्ररी बुझेका छन्। सरकार जुन ढंगले अघि बढ्न खोजको छ, त्यो राम्रो संकेत हैन’, उनले भने। प्रसाईले प्रदेश प्रमुख फेरिरहने प्रवृत्ति राम्रो नभएको बताए।  उनले भने, ‘प्रदेश प्रमुख फेरिरहने प्रवृत्ति राम्रो होइन। यो कार्यप्रति मेरो असन्तुष्टि छ।’  

उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गत कात्तिक १७ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। प्रदेश प्रमुखको रुपमा २१ महिना १६ दिन सफलता पूर्वक भूमिका निर्वाह गरेको बताउँदै उनले आफू पदमा रहँदा वा नरहँदा समृद्ध नेपाल, सुखी नेपाली अभियानमा सधैँ लागिरहने बताए।

वर्तमान सरकारले प्रसाईलाई बिहीबार बागमती प्रदेशको प्रमुखबाट हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.