सरकारी विद्यालयमा घट्दै विद्यार्थी
काठमाडौं : सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सरकारी विद्यालयमा ५७ लाख ७६ हजार एकजना विद्यार्थीहरु अध्ययनरत थिए । तर, यो संख्या घटेर २०७७/०७८ मा ५२ लाख ६९ हजार ७ सय २४ जनाले सामुदायिक विद्यालयमा अध्ययन गरेको सरकारी तथ्यांक छ।
देशभर सामुदायिक विद्यालयको संख्या २७ हजार आठ सय १२ छ । हाल निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या १७ लाख ९२ हजार ६ सय ८८ रहेको छ । सरकारी विद्यालयमा शिक्षकहरुको संख्या घटेसँगै विद्यार्थीको अनुपातमा शिक्षकदर केही बढेको देखिन्छ । आधारभूत तह (कक्षा १ देखि ५) अन्तर्गत प्रदेश एकमा १९ विद्यार्थी बराबर एक शिक्षक, प्रदेश दुईमा ५० विद्यार्थी बराबर एक शिक्षक, बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एक शिक्षक, गण्डकी प्रदेशमा १३ विद्यार्थी बराबर एक शिक्षक, लुम्बिनी प्रदेशमा ३० विद्यार्थी बराबर एक शिक्षक, कर्णाली प्रदेशमा ३१ विद्यार्थी बराबर एक शिक्षक, सुदुरपश्चिम प्रदेशमा ३१ विद्यार्थी बराबर एक शिक्षक कार्यरत रहेका छन् ।
यस्तै, आधारभूत तह (कक्षा ६ देखि ८) अन्तर्गत प्रदेश एकमा ४२ विद्यार्थी बराबर एक शिक्षक, प्रदेश दुइमा ९७ विद्यार्थी बराबर एक शिक्षक, बागमती प्रदेशमा ३९ विद्यार्थी बराबर एक शिक्षक, गण्डकी प्रदेशमा ३३ विद्यार्थी बराबर एक शिक्षक, लुम्बिनी प्रदेशमा ६५ विद्यार्थी बराबर एक शिक्षक, कर्णाली प्रदेशमा ७० विद्यार्थी बराबर एक शिक्षक, सुदुरपश्चिम प्रदेशमा ६५ विद्यार्थी बराबर एक शिक्षक कार्यरत रहेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।
यस्तै, माध्यामिक तह कक्षा ९/१० अन्तर्गत् प्रदेश एकमा ३८ विद्यार्थी बराबर एक शिक्षक, प्रदेश दुइमा ७० विद्यार्थी बराबर एक शिक्षक, बागमती प्रदेशमा ३१ विद्यार्थी बराबर एक शिक्षक, गण्डकी प्रदेशमा २७ विद्यार्थी बराबर एक शिक्षक, लुम्बिनी प्रदेशमा ४९ विद्यार्थी बराबर एक शिक्षक, कर्णाली प्रदेशमा ६१ विद्यार्थी बराबर एक शिक्षक, सुदुरपश्चिम प्रदेशमा ५३ विद्यार्थी बराबर एक शिक्षक कार्यरत रहेका छन् ।
यस्तै, माध्यामिक तह कक्षा ११/१२ अन्तर्गत् प्रदेश एकमा ८१ विद्यार्थी बराबर एक शिक्षक, प्रदेश दुईमा ११८ विद्यार्थी बराबर एक शिक्षक, बागमति प्रदेशमा ७५ विद्यार्थी बराबर एक शिक्षक, गण्डकी प्रदेशमा ५५ विद्यार्थी बराबर एक शिक्षक, लुम्बिनी प्रदेशमा ८५ विद्यार्थी बराबर एक शिक्षक, कर्णाली प्रदेशमा ९१ विद्यार्थी बराबर एक शिक्षक, सुदुरपश्चिम प्रदेशमा ५२ विद्यार्थी बराबर एक शिक्षक कार्यरत रहेका छन् ।