बीपी स्वास्थ्य प्रतिष्ठानका दोषीलाई बर्खास्त नगरे सेवा ठप्प पार्ने चिकित्सकको चेतावनी
धरान: छानविन समितिले दोषी देखाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट्रचारमा संलग्न चारजना पदाधिकरीहरुलाई तत्काल बर्खास्त नगरिए सबै स्वास्थ्य उपचार सेवा ठप्प पार्ने यहाँका चिकित्सक र कर्मचारीहरुले सरकारलाई चेतावनी दिएका छन् ।
७० औँ दिनदेखि बीपी प्रतिष्ठान सुद्धिकरणको आन्दोलन सुरु गरेका चिकित्सक कर्मचारीहरुले तत्काल प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक गौरीशंकर साहलाई बर्खास्त गर्न प्रतिष्ठान सुधारको अभियान थाल्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमनत्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको समितिले प्रतिष्ठानका पदाधिकारीहरु आर्थिक अनियमितताका घटनामा मुछिएको, प्रतिष्ठानको नेतृत्व गर्न असक्षम देखिएको भन्दै तत्काल कारवाही गर्न प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
तर, प्रतिवेदन बुझाएको महिनादिन बितिसक्दा समेत सरकारले प्रतिष्ठानका भ्रष्ट्राचारी पदाधिकारीहरुलाई कारवाही नगरेको भन्दै यहाँका चिकित्सक र कर्मचारीहरुले आन्दोलनलाई जारी राखेका छन् । सोमबार आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठान हाताभित्र विरोध प्रर्दशन गर्दै सरकारले तत्काल पदाधिकारी हटाएर प्रतिष्ठान सुधार गरी सर्वसाधारणको उपचार पाउने सुविधालाई थप व्यवस्थित बनाउन माग गरेका छन् ।
बीपी प्रतिष्ठान सुद्धिकरण अभियान आन्दोलन संर्घष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रधानमन्त्रीले गठन गरेको छानविन समितिले नै प्रतिष्ठानका पदाधिकारीहरु आर्थिक अनियमितिामा मुछिएको प्रतिवेदन बुझाउदा समेत कारवाही नहुनु दुखद भएको बताए । उनले भ्रष्ट्रचारमा संलग्न पदाधिकारीहरुलाई कारवाही नगरेकै कारण प्रतिष्ठानमा भ्रष्ट्रचार मौलाएको आरोप लगाए ।
समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले छानविन समिति र अख्तियारले समेत दोषी देखाएका प्रतिष्ठानका पदाधिकारीहरुलाई सरकारले कारवाही नगर्नु प्रतिष्ठानमाथि खेलबाट गरेको आरोप लगाए । उनले भ्रष्ट्राचारमा संलग्नलाई कारवाही गर्न ढिला गरिए काम छाडेर आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।
बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालयका सचिव डा बैकुण्ठ अर्यालको संयोजकत्वमा आठ सदस्य छानविन समिति गठन गरेका थिए । उक्त समितिले प्रतिष्ठानका पदाधिकारीहरु आर्थिक अनियमितताका घटनामा मुछिएको र प्रतिष्ठानलाई सहि नेतृत्व प्रदान गर्न नसकेकेो प्रतिवेदन देउवालाई बुझाएको थियो ।
धरानका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र धरान नागरिक दवाव संजालका प्रतिनिधिहरुको संयुक्त टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट गरी छानविन तमितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका थिए । धरान नागरिक दवाव संजालका संयोजक डा. राजेन्द्र शर्माले बैकुण्ड अर्याल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यानवयन गर्न माग गरेका छन् ।
उनले सोमबार उक्त प्रेस विज्ञप्ती प्रकासित गरी यसअघि गठन गरिएका समितिको प्रतिवेदन अनुसार दोषी देखिएकाहरुलाई कारवाही गरी बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।