लागुऔषध कारोवारमा संलग्न थप दुईजना पक्राउ

लागुऔषध कारोवारमा संलग्न थप दुईजना पक्राउ

जाजरकोट : जाजरकोटमा लागुऔषध कारोवारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका ४ निवासी २६ बर्षका शान्तबहादुर विक र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षका रमन सिंह पक्राउ परेका हुन् । 

यसअघि चार जना पक्राउ भैसकेका छन् । उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन २५ गते लुकाइछिपाई अवैध लागुऔषध चरेस लिन थालेका एक भारतीय सहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । 

भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षिय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० बर्षिय उबेद खानलाई जिल्ला सदरमुकामस्थित शान्ति चौतारा बसपार्कबाट एक केजी चरेस सहित पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा जिल्लाको भेरी नगरपालिका २ डिगा निवासी ५० बर्षिय चक्रबहादुर थापा र भेरी नगरपालिका ४ निवासी विजय भारतीलाई प्रहरीले गत भाद्र २ गते पक्राउ गरिएको थियो ।

यसअघि पक्राउ गरिएकाहरुको बयानका आधारमा थप मानिस पक्राउ हुने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । पक्राउ परेका सवैलाई अदालतबाट म्याद थपाएर अनुसन्धान भैरहेको थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.