जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना

जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-३ स्यालापाखा राताचौरमा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुने भएको छ । पूर्व मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास गरेर केन्द्र स्थापनाको शुभारम्भ गरेका हुन् ।

लिमिटेडले सदरमुकाम नजिकैको राताचौरमा ८ करोडको लागतमा कार्यालय भवन र जडिबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गर्न लागेको हो । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालय भवनको निर्माण कार्य आगामी २०७९ जेठ ११ गते सम्पन्न गर्ने गरी ज्ञान ज्योती बिल्डर्स प्रा.ली. कोटेश्वर-१३ काठमाडौंले जिम्मा लिएको छ । 

भवन सिलान्यास गर्दै पुर्व बन तथा वातावरण मन्त्री बस्नेतले जाजरकोटमा स्थापना हुने जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । जिराको भाउमा बिक्री हुँदै आएका जडिबुटीलाई कर्णाली प्रदेशमै प्रशोधन गरेर हिराको भाउमा विक्री गर्न प्रशोधन केन्द्र स्थापना गर्न लागिएको बस्नेतले बताए । 

नक्सामा बन क्षेत्र देखाईएका ठुला पाटन तथा घाँसे मैदानहरुमा बहुमुल्य जडिबुटी तथा बिश्व बजारसँग प्रतिष्पर्धा गर्ने गरी फलफुल खेती गर्नुपर्छ उनले भने,'जल, जमिन, जडिबुटी र पर्यटनको सहि सदुपयोगले मात्र कर्णालीको सुन्दर भविश्य मुखरित हुन्छ ।' बस्नेत बन तथा वातावरण मन्त्री भएकै बेला जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने नितिगत निर्णय भएको थियो ।

नेपाल सरकारको स्वामित्वमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले औषधीजन्य जडिबुटीको उत्पादन, संकलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । 

लिमिटेडले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुर लगाएतका औषधिजन्य जडिबुटीको उत्पादन गर्नुको साथै प्रशोधन गरेर बजारीकरण गर्ने कार्कीले बताए । बार्षिक १० करोडको कारोबार गर्ने लक्ष्य राखेको जानकारी दिँदै महाप्रबन्धक कार्कीले नेपाल सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएमा लिमिटेडले जाजरकोटमा गाँजा उत्पादन गर्नुको साथै गाँजालाई प्रशोधन गरेर सिल्पिङ्ग ट्याब्लेट, पिङ्किलर जस्ता औषधीको उत्पादन गरेर बजारीकरण गर्ने बताए ।

बनबाट काठजन्य उद्योग संचालन गरेर, जडिबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्या पर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने महाप्रवन्धक कार्कीको भनाई छ। 

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अध्यक्ष तथा नेपाल सरकारका सह-सचिव डा. सिन्धु प्रसाद डुङगानाले वन्यजन्तुमा कस्तुरी पालनको श्रोत केन्द्र र जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र गरी दुई वटा कार्यक्रम जाजरकोटमा संचालन भई रहेको बताए । 

विगतमा घाटामा गएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड पूर्वमन्त्री बस्नेतको कार्ययोजना अनुसार अघि बढेपछि हाल नाफामा जान सफल भएको डा.डुङगानाको भनाई रहेको थियो । 

जाजरकोटमा स्थापना भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जाजरकोटलाई मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा योगदान गर्नेमा डा.डुङगानाको बिश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.