बीपी प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले दिए राजीनामा

बीपी प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले दिए राजीनामा

धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन् । रेग्मीले शुक्रबार प्रधानमनत्री शेरबहादुर देउवालाई रजिष्ट्रार पदबाट राजीनामा बुझाएको पत्र बुझाएका छन् ।

बीपी प्रतिष्ठानका ६ जना सिनेट सदस्यले वर्तमान चारैजना पदाधिकारीहरुलाई बर्खास्त गर्न बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई निवेदन दिएको भोलिपल्ट डा. रेग्मीले पदबाट राजीनामा दिएका हुन् ।

रेग्मीले सरकारले बीपी प्रतिष्ठानमा भएको छानविन प्रक्रियालाई सहयोग गर्न आफूले पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले रेग्मीले रजिष्ट्रार पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्रीलाई बुझाएको पुष्टि गरेका छन् । रेग्मीलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बीपी प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्त गरेका थिए ।

बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं रुपैयाँ भ्रष्ट्राचार गरेको प्रतिष्ठान संचालन गर्न नसकेको भन्दै ७४ दिनदेखि प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलनरत छन् ।

प्रतिष्ठान सुद्धिकरणको माग राखेर चिकित्सक र कर्मचारीहरुले आन्दोलन सुरु गरेपछि प्रतिष्ठानमा भएको आर्थिक अनियमिताका विषयमा छानविन गर्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्य समिति गठन गरेका थिए । उक्त समितिले प्रतिष्ठानका चारैजना पदाधिकारीहरु आर्थिक अनियमिताका घटनामा मुछिएको र सही ढंगले प्रतिष्ठान संचालन गर्न नसकेको भन्दै कारवाही गर्न सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.