तुइन प्रकरणलाई सरकारले थामथुम गर्न खोजेको एमालेको आरोप

तुइन प्रकरणलाई सरकारले थामथुम गर्न खोजेको एमालेको आरोप

काठमाडौँः नेकपा एमालेले भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटनाको सम्बन्धको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

गत २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाएर धामी महाकाली नदीमा वेपत्ता भएका थिए । (एमाले)ले यस घटनाका सम्बन्धमा अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ ।

प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै छानविन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको जनाएको छ ।

एमालेले यस घटनालाई सरकारले थामथुम गर्ने प्रयास गर्नखोजेको आरोप लगाएको छ । 'आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको छ,' विज्ञप्तिमा भनिएको छ । नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.