निर्दोष ठहर सेनाका जवान रिहा

निर्दोष ठहर सेनाका जवान रिहा

चितवन : ब्यारेकबाट हतियार चोरेको अभियोगमा जेल सजाय भोगिरहेका दुई नेपाली सैनिक रिहा भएका छन्। सेनाको प्राक विवाग जंगी अड्डा सैनिक विशेष अदालतबाट भाद्र १७ गते अमल्दार ३७ वर्षीय लबकुमार गुरुङ र १९ वर्षीय सरोज सिपाही तामाङलाई निर्दोष ठहर गरेपछि उनीहरु जेलमुक्त भएका छन्। 

शुक्रबार साँझ पाँच बजे भरतपुर कारागार कार्यालयबाट मुक्त भएका हुन्। कालीबहादुर गणबाट एसएमजी हतियार चोरीको आरोपमा साढे दुई वर्षदेखि जेलमा थिए। 

भरतपुर कारागारले नेपाली सेनाको भरतपुर स्थित कालीबहादुर गणलाई जिम्मा लगाएको हो। उनीहरुलाई अदालतको आदेश अनुसार नेपाली सेनाको जिम्मा लगाइएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए। ‘अदालतको फैसला अनुसार सेनाको गणलाई जिम्मा लगायौं ’, उनले भने, ‘सेनाको टोली आएर उनाीहरुलाई लैजानुभयो।’ उनीहरुलाई लिन  कालीबहादुर गणको टोली कारागार पुगेको थियो। रिहा हुनेहरुलाई कारागारका कैदीबन्दीले अबिर र खादा लगाएर बिदाइ गरेका थिए। 

उनीहरुलाई हतियार चोरीमा संलग्न नदेखिएको भनी शैनिक विषेश अदालतले सफाइ दिएको हो। तर कोत गाड ड्युटी बस्दा सही तवरले नगरेको सेनाको अदालतले ठहर गरेको छ। यसले उनीहरु तीन वर्ष बढुवा नहुने फैसला समेत गरेको छ। 

ब्यारेकबाट सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोप लगाएर साढे दुई वर्षदेखि जेलमा राखिएका दुई नेपाली सेनालाई अन्ततः न्याय मिलेको छ। 

गुरुङ र तामाङ माथि लागेको ब्यारेकबाटै चोरी भएको हतियार सेनाकै सिपाही गंगाधर ढकालले चोरी गरेको घटना खुलेपछि उनीहरुले सफाइ पाएका हुन्। घटनाको अनुसन्धानबाट ढकालले आफैँ ब्यारेकबाट हतियार चोरेर सहकर्मी भरत गुरुङको हत्या गरेको प्रमाणीत भएपछि उनीहरु निर्दोष ठहर भएका हुन्। 

शुक्रबारबाटै उनीहरु सेनाको नियमित कामकाजमा फर्किएका छन्। उनीहरु पुरानै सैनिक जीवनमा फर्किएको कालिबहादुर गण भरतपुरका गणपति अच्युत घिमिरेले बताए। ‘सैनिक अदालतको फैसलासँगै उनीहरु सेनाको काममा पूर्नवहाली भएका छन्’, उनले भने, ‘रिहा भएपछि गणमा उनीहरु काम गर्न थालिसकेका छन्। ’

कारागार बाहिर उनका आफन्तहरु स्वागतका लागि बसेका थिए। न्याय पाएको भन्दै परिवारका सदस्य खुसी देखिन्थे। २०७५ चैत्र २८ गते तत्कालीन सैनिक अदालत अध्यक्ष सहायक रथी सहदेव खड्काको फैसलाले गुरुङलाई १० वर्ष र तामाङलाई ७ वर्षको जेल सजाय सुनाएको थियो। २०७६ वैशाख ६ गते  भरतपुर कारागार चलान भएका थिए। गुरुङलाई २९ हजार नौं सय ३६ रुपैयाँ जरिवाना तोकिएको थियो। उनीहरुलाई सम्पती सम्बन्धी कसूर समेत गरेको मुद्धा लगाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.