भन्सार छलीकाे सामान बरामद

भन्सार छलीकाे सामान बरामद

नवलपरासी : भन्सार छलेर ल्याउँदै गरेको कपडासहित ७ लाख बराबरको सामान पश्चिम नवलपरासी प्रहरीले सोमबार बरामद गरेको छ । प्रतापपुर गाउँपालिकाको सीमा क्षेत्र धर्मौली नाकाबाट अटो रिक्सामा ल्याउँदै गरेको अवस्थामा ४ सय ८१ थान टि-सर्ट र थान कपडालाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए । 

बरुवाबाट बरामद भएको सामानको मूल्य करिब ६ लाख बराबरको छ । सामान ओसारपसार गरेको आरोपमा अटो रिक्सा चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यसैगरी पाल्हीनन्दन गाउँपालिकाको लोहोरौलीबाट ७ वटा बेट्री प्रहरीले बरामद गरेको छ । भारतीय मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा बरामद भएको बेट्रीको मूल्य १ लाख बढी रहेको छ । 

पक्राउ परेका अटो चालकसहित बरामद सबै सामान र सवारी साधान आवश्यक कारवाहिका लागि महेशपुर भन्सार कार्यालय चलान गरिने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.