धनुषा जिप्रकाका सुब्बा घुससहित पक्राउ
काठमाडौँ: जिल्ला प्रशासन कार्यालय, धनुषाका नायब सुब्बा उमेश कुमार चौधरी ८ हजार ५ सय घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि विभिन्न बहानामा ८ हजार ५ सय घुससहित पक्राउ गरेको हो ।
उनलाई धनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट बुधबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।