महामारीमा सुस्ताएको मुस्ताङको पर्यटन (फोटो फिचर)
जोमसोम: गण्डकी प्रदेशको पर्यटकीय हबको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङ कोरोना कहरका कारण सुनसान छ । वर्षेनी ३ लाख आन्तरिक र ६० हजार विदेशी पर्यटक भित्रिने मुस्ताङ गत वर्षको पुसदेखि फागुनसम्म खुलेर फेरि लकडाउन भयो ।
कोरोना माहमारीसँगै प्रभावित बनेको मुस्ताङले ३ महिना खुलेर झन्डै २७ महिना भन्दा बढी पर्यटकीय क्षति गुमाएको हो । पर्यटन क्षेत्रमा परेको असरका कारण मुस्ताङका पर्यटन ब्यवसायी समस्यामा परेका छन् । कुनै बेला आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु पर्यटकको उपस्थिति नहुँदा रित्तै छन् ।
कोरोनाको पहिलो लहर क्रमश मत्थर हुँदै गर्दा आर्थिक अवस्था विस्तारै चलायमान बन्दै गइरहेको मुस्ताङमा दोश्रो भेरियन्टले पर्यटन ब्यवसायीलाई पुनः निराश बनाएको हो । मुस्ताङमा लिजमा होटल संञ्चालन गरेका जिल्ला बाहिरका पर्यटन ब्यवसायी पर्यटक नहुँदा विस्थापित हुने अवस्थामा छन् ।
गण्डकी प्रदेशको पर्यटकीय धरोहरका रुपमा रहेको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर ५ महिनादेखि बन्द छ । स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाए पनि अझै मुक्तिनाथ मन्दिर प्राविधिक समस्याका कारण खुल्ला हुन सकेको छैन । यस क्रममा क्यामेरामा कैद गरिएका मुस्ताङका केही झलक: