एक ट्रक औषधीसहित एक पक्राउ

एक ट्रक औषधीसहित एक पक्राउ

वीरगन्ज : चिकित्सकको सिफारिस र इजाजत बिना नै नेपाल भित्र्याइएको एक ट्रक औषधी प्रहरीले बरामद गरेको छ। औषधीसँगै प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा ट्रकका चालक वीरगन्ज २ छपकैया घर भएका सरोज मियाँ रहेका छन्। 

भारतबाट औषधी लिएर आउँदै गरेको ना.३ ख १३३५ नम्बरको ट्रक , वीरगन्ज १६ नगवामा रोकेर प्रहरीले चेकजाँच गरेको थियो। 

चेकजाँचका क्रममा उक्त ट्रकमा आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र नभएको पोलिबियन झोल औषधी ७ सय ८६ काटुन बरामद गरिएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए। 

बरामद उक्त खोकीको औषधीको बजार मूल्य १३ लाख ४८ हजार ७ सय ७६ रुपैया रहेको जानकारी पनि उनले दिए। 

प्रहरी नायव उपरिक्षक खनालका अनुसार, भारतबाट प्रतिबन्धित औषधी भित्रयाइएको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको एक टोली खटिएको थियो। 

तर नगवामा भेटिएको ट्रकमा खानतलाशी गर्दा ट्रक भित्र चिकित्सकको स्वीकृति पत्र नभएको औषधी रहेकाले औषधी सहित ट्रक र चालकलाइ नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि वीरगन्ज स्थित औषधि व्यवस्था विभागको शाखा कार्यालयमा पठाइएको खनालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.