नेकपा एमालेलाई चौतर्फी आक्रण गरियो : गुरुङ

नेकपा एमालेलाई चौतर्फी आक्रण गरियो : गुरुङ

स्याङ्जा : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सचिव पृथ्वीसुब्बा गुरुङ्ले आफ्नो पार्टीलाई चौतर्फी आक्रमण भएको बताए। नेपाल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे गुरुङ्ले सरकार, निर्वाचन आयोग र अदालतले समेत हाम्रा पार्टीको विपक्षमा काम गरेको आरोप लगाए। 

‘माधव नेपाललाई सोधीसोधी सरकारले अध्यादेश ल्याएर २० प्रतिशत पुर्‍याएर नेकपा एमाले फुटाउने काम गर्‍यो।,’ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङ्ले भने, ‘अबको स्थानीय निर्वाचनमा अत्याधिक बहुमतले बिजयी हुन्छौं।’ 

जनताको बहुदलीय जनवादको सिद्धान्त बोकेको पार्टी भएकाले युवाहरुको आकर्षण बढेको दावी गरे। यसैगरी नेकपा अर्का सचिव योगेश भट्टराईले नेकपा एमाले दुर्घटनामा परेको बताए।

उनले भने, ‘नेकपा एमाले सकिएको होइन, दुर्घटनामा परेको छ। फेरि एकता हुन्छ। ठूलो पार्टी बन्छ।’ पार्टीमा फुट आएपछि सबै कार्यकर्ताका मन रोएको उनले बताए। एकताका लागि पटक पटक प्रयास गरे पनि सफल हुन नसकेको उनले भने। 

‘यसपटक एकता जोगिएन। फेरि एकता हुन्छ। विभाजितबीच एकता भयो भने माओवादी पनि नजिकै छ।’ पूर्व मन्त्री समेत रहेका भट्टराईले थपे, ‘दुई पार्टीको एकीकरणपछि प्रतिस्पर्धा भने कांग्रेससँग हो। कांग्रेस हाम्रो सहयात्री हो। तर, मुख्य प्रतिद्वन्दी पनि। ऊसँग कसरी जोगिने भन्ने कुरामा हामीले हेक्का राख्नुपर्छ।’ 

भेलामा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदमा अर्याल, पूर्वमन्त्री खगराज अधिकारी, पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य सीता सुन्दास, नेकपा एमाले स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस, उपाध्यक्ष उदय श्रेष्ठ, सचिव सुधिरकुमार पौडेल लगायतले पार्टीका गतिविधीका बारेमा जानकारी गराउँदै नेकपा एसमा लागेका आफ्ना सहयात्रीलाई फर्केर आउन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.