देउता नुहाउन लेक गएका एकजनाको चिसोले मृत्यु, तीन बिरामी

देउता नुहाउन लेक गएका एकजनाको चिसोले मृत्यु, तीन बिरामी

जाजरकोट : जाजरकोटको जुनीचाँदे ७ स्थित चाँदे लेकमा देउता नुहाउन गएका एकजनाको चिसोले ज्यान गएको छ । जुनीचाँदे गाउँपालिकाका – १ काप्राका ५९ वर्षीय अभिमान रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गत बुधबार काप्राका २५ जना स्थानीय देउता नुहाउन भन्दै चाँदे लेक गएका थिए । चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको वर्षातसँगै आएको हावाहुरीमा परेर चिसोले कठ्याङ्गिएर तीनजना बिरामी परेका छन् । अन्य सबै प्रहरीको सम्पर्कमा आएका छन् । 

उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय पञ्चाला दहबाट प्रहरी सहायक निरीक्षक दुर्गबहादुर शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली घटनास्थल  गएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । 

बिरामी परेकामध्ये लोकबहादुर रावतको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए । घटनास्थलबाट उनीहरुको गाउँ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।
बुधबार गाउँबाट देउता नुहाउनका लागि चौरीपाटनको नदाई डाव हिँडेका थिए । तीव्रपमा चलेको हावाहुरी र निरन्तरको वर्षातपछि आफूहरु बिहीबार साँझबाट तितरवितर भएको र ओडारमा लुकेर ज्यान जोगाउन सफल भएको देउता नुहाउन गएका गणेश रावतले बताए। चाँदेलेक करिब पाँच हजार मिटरको उचाइमा छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.