बृद्धभत्ताबाट दुर्गगमको विद्यालयमा ई–लाइब्रेरी

बृद्धभत्ताबाट दुर्गगमको विद्यालयमा ई–लाइब्रेरी

ओखलढुंगा : होमबहादुर–प्रेम कुमारी ट्रष्टका संस्थापक प्रेमकुमारी श्रेष्ठले आफ्नो वृद्ध भत्ताको रकमबाट दुर्गमको विद्यालयमा पुस्तकालय स्थापना गरेकी छन्। सिद्दिचरण नगरपालिका -११ की ८२ वर्षीया श्रेष्ठले जन्मथलो सोलुखुम्बुको जनजागृति उच्च माध्यमिक विद्यालयमा इ–लाइब्रेरी स्थापना गरेकी हुन्। उनी सोलुखुम्बुको दोर्पु बजारमा जन्मिएकी थिइन्।

प्रेमकुमारीका कान्छो छोरा केन्द्र श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम राइलाई इ–लाइब्रेरीका सामाग्री हस्तान्तरण गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम राईले सोलुमै जन्मिएकी महान् हृदयका दाताको तर्फबाट स्थापित इ–लाइब्रेरीले विद्यार्थीको पठन पाठनमा सकारात्मक प्रभाव पार्ने बताए।

दुर्गमको विद्यालयमा पाठ्यपुस्तक तथा अन्य महत्वपूर्ण सामग्रीहरुले शिक्षण सिकाइ सहज हुने शिक्षकहरुको भनाइ छ। विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्कीले विद्यालयमा रहेको २४ वटा कम्प्युटरमार्फत विद्यार्थीहरुले अध्यावधिक गरिएको डिजिटल लाइब्रेरीको उपयोगबाट ज्ञान अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

दाता होमबहादुर–प्रेम कुमारी श्रेष्ठ दम्पतिका छोरा–बुहारी र छोरी–ज्वाईले बुवा–आमाको नाममा विभिन्न सामाजिक काम गर्दै आएका छन्। यस अघि कोरोनाको महामारीमा भएको लकडाउनमा कामको अभावमा खाना नपाएर भोकभोकै परेका परिवारहरुलाई खाध्य सामाग्री वितरण गरेका थिए भने स्थानीय क्याम्पस र विद्यालयमा छात्रवृति अक्षय कोषको स्थापना गरेका छन्।

नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठका अनुसार दाता होमबहादुर-प्रेम कुमारी श्रेष्ठका परिवारले आफ्नै परिवारको मात्रै लगानीमा यस अघि ओखलढुंगाको सगरमाथा जनता उच्च मावि मा ४ वर्ष पहिले इ–लाइब्रेरी स्थापना गरेका थिए। यो प्रदेश १ कै दोस्रो इ-लाइब्रेरी हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.