एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्छ : नेपाल

एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्छ : नेपाल

हेटौंडा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ओलीको दम्भको घैँटा भरिएको बताएका छन्।  जिल्ला स्तरीय कार्यकर्ता भेलालाई शनिबार हेटौंडामा सम्बोधन गर्दै नेपालले दम्भको घैँटा छिट्टै फुट्नेवाला रहेको दाबी गरेका हुन्।

अहंकारको घोँडा चड्ने मान्छेहरु घोडाबाट झरिसकेपछि बरबराइरहेको नेपालको भनाई छ। ‘गाली गर्न दिनुहोस्, बडबडाउन दिनुहोस्। मति सप्रियोस् यती मात्र भन्न चाहन्छौ’, उनले भने। 
उनले आउँदो निर्वाचनमा केपी ओली समुहलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन्। ‘केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगिरहेको छ, ख्याल गर्नुहोस्’,नेपालले भने।

केपी ओलीले दुई तिहाईको सरकार र पार्टी बर्बाद गरेको बताए। ‘दुई तिहाईको सरकार आफैँले बर्बाद गरे। गलत कामको आलोचना गर्दा ओलीले शून्य धैर्यतासमेत राखेनन्’, नेपालले भने, ‘पार्टी र देशको हित विपरित एकल निर्णयमा अघि बढ्न थालेपछि पार्टी फुटको स्थितीमा पुगेको हो।’

उनले आफ्नो पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए। समाजवादी अभियानमा जोडिनेको संख्यामा कमी नभएको दाबी गर्दै उनले जनताको प्यारो पार्टी बनाउनको लागि जनताको घर घरमा पुग्न कार्यकर्तालाई दिर्नेशन दिए। 
कार्यक्रममा बोल्दै नेता विरोध खतिवडाले आगामी निर्वाचनपछि नेकपा एकीकृत समाजवादी देशकै ठुलो पार्टी बन्ने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.