अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तारबारे तत्काल निर्णय लिन आग्रह

अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तारबारे तत्काल निर्णय लिन आग्रह

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकिएको छ। बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तारबारे तत्काल निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिएको छ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग प्रधानमन्त्री देउवाले छलफल गरी निचोडमा पुग्न गठबन्धनका नेताहरुले आग्रह गरेका हुन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।

गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुगे दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।

नेकपा एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै एमालेका अध्यक्ष केपीशर्मा ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले चारजना मन्त्री नियुक्त गरेका थिए। कांग्रेसबाट बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की र माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका थिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री देउवाले असोज ५ गते डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्।

लामो समयसम्म पनि मन्त्रिरिषदले पूर्णता नपाउँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.