४ सय केजीको फर्सीलाई वार्षिक अवार्ड
टोक्याे : जापानमा करिब ४ सय केजी तौल भएको फर्सीले वार्षिक अवार्ड जितेको छ। बिहिबार भएको वार्षिक प्रदर्शनी प्रतिस्पर्धामा राखिएको सो फर्सीले जापानकै ठुलो फर्सीको अवार्ड जितेको हो।
मध्य जापानको मि प्रिफेक्चरका ७६ वर्षीय कृषकले ३९४ केजी तौल भएको सो फर्सी प्रदर्शनीमा राखेका थिए। सो फर्सीले जापानको कृषि कार्यक्रमअन्तर्गत ३५ औं प्रतिस्पर्धा जितेको क्योडो न्युजमा समाचार छ।
सो प्रतिस्पर्धामा ६६ वटा फर्सी प्रदर्शनीमा राखिएको थियो।