जिल्ला सभापति बने पूर्वमन्त्री थकाली

जिल्ला सभापति बने पूर्वमन्त्री थकाली

जोमसोम : नेपाली कांग्रेसका नेता तथा पूर्ववाणिज्य मन्त्री रोमी गौचन थकालीले आफू कार्यकर्ताको मनोभावनालाई शिरोधार्य गर्दै सभापति बनेको खुलाएका छन्। शुक्रबार मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा सर्वसम्मत पार्टीको जिल्ला सभापती चयन भएपछि अन्नपूर्ण अनलाईनलाई प्रतिक्रिया दिंदै मन्त्री थकालीले कार्यकर्ताको आग्रह र अनुरोधलाई अस्विकार गर्न नसकेर सभापति पदको जिम्मेवारी लिन परेको बताए।

पूर्वमन्त्री थकालीले कार्यकर्ता पंक्तिको आग्रह उनीहरुको मनोवल उच्च बनाउन स्विकार गर्न नसकेको उल्लेख गरे। नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्तर्गत भएको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशन र महासमितिसम्मको सम्पूर्ण पदमा विवादरहित ढंगले निर्विरोध निर्वाचित भएको र यसमा साथ र सहयोग गर्ने सम्पूर्ण कार्यकर्ता पंक्ति र शुभेच्छुकहरुमा पूर्वमन्त्री थकालीले धन्यवाद व्यक्त गरे।

'परिस्थितीले म कहाँ पुग्ने भन्दा पनि पार्टी कहाँ पुग्छ? देश र प्रजातन्त्र कहाँ पुग्छ? भन्ने विषय गौण हो', पूर्वमन्त्री थकालीले भने, 'मेरो उमेर, मेरो लगानी, मेरो समयको योगदानले केन्द्रीय पदाधिकारीमा लड्नु पर्ने थियो।’ जिल्लाको सभापति बनेका पूर्वमन्त्री थकालीले आफ्नो पहिलो प्राथमिकता जिल्लाको संगठनलाई बलियो र सुदृढ तुल्याउनु रहेको बताए। पूर्वमन्त्री थकालीले केही महिना जिल्लाको परिस्थिति हेरेर केन्द्रीय पदाधिकारी अथवा सदस्यमा उम्मेदवार हुन सक्ने उल्लेख गरे।

पूर्वमन्त्री थकालीले देशमै मुस्ताङले कांग्रेसजनमा सकारात्मक सन्देश प्रवाह गरेको र यसमा पार्टीको वडा तह, गाउँ, प्रदेश र जिल्ला अधिवेशनसम्म आपसी सहमती र छलफलले एकमतले विभिन्न पदाधिकारी चयन गरेको जानकारी दिए। पूर्वमन्त्री थकाली नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मुस्ताङबाट पहिलो सभापति बन्न सफल भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.