काउकुती लगाउँदा मुसा पनि हाँस्छ

काउकुती लगाउँदा मुसा पनि हाँस्छ

मुसा एक स्तनधारी प्राणी हो। यो संसारका प्रायः देशहरूमा पाइन्छ। यो साह्रै छुकछुके हुन्छ। आज यसैका विषयमा केही तथ्यहरू जानौं। 

–    मुसाले पानी नपिइकन उँटभन्दा पनि ज्यादा समय बस्न सक्छ। 
–     मुसालाई पसिना आउँदैन। यसले आफ्नो पुच्छरमा भएको रक्त कोषिकाद्वारा शरीरको तापक्रम नियन्त्रित गर्छ। 
– मुसाको पित्तथैली हुँदैन, त्यसैले यसले बान्ता गर्न सक्दैन। 

– मुसा पनि यस्तो प्राणी हो जसलाई सबैभन्दा पहिले अन्तरिक्षमा पठाइएको थियो। 
–    अंग्रेजीमा मुसालाई माउस, र्‍याट वा माइस भनिन्छ। यो शब्द संस्कृत ‘मस’ शब्दबाट लिइएको हो। जसको अर्थ हुन्छ ‘चोर’। 
–    एउटा मुसाले करिब १८ महिनामा २ लाखभन्दा बढी वंशज पैदा गर्न सक्छ। 
– मुसा ५० फिट माथिबाट झर्‍यो भने पनि यसलाई केही हुँदैन। 
–काउकुती लगायो भने मानिसजस्तै मुसा पनि हाँस्छ। 

–    मुसाको दाँत हरेक वर्ष ४ देखि ५ इन्च बढ्छ। त्यसैले यसले हरेक वस्तुलाई कोतरिरहन्छ ताकि दाँत साधारण रहोस्।  
–    बिरालो र मुसामा समुद्रको पानी पनि पिउन सक्ने समानता हुन्छ। 
–    मुसा लगातार ३ दिनसम्म पानीमा तैरिन सक्छ।  ३ मिनेटसम्म श्वास रोकेर बस्न सक्छ। 
–    मुसाले राम्रोसँग देख्न सक्दैन। यसले रंग पनि छुट्याउन सक्दैन। तर, यसको सुँघ्ने शक्ति अचम्मको हुन्छ। मुसा मार्ने औषधिको स्वाद एकपटक पायो भने यसले अर्कोपटक औषधि राखेको छेउछाउमा पनि जाँदैन। 

–     कंगारु मुसाले जिन्दगीभर पानी नपिइकन बाँच्छ। 
–    यसको मुख्य भोजन अन्न हो। 
–     मुसा बढीमा २ वर्षसम्म मात्रै बाँच्छ। 
–    यसको गर्भकाल २० देखि २५ दिनको हुन्छ। यसले एक पटकमा १० वटासम्म बच्चालाई जन्म दिन्छ। 
–    धेरैजसो वैज्ञानिक प्रयोग मुसामाथि नै गरिन्छ। 

–    हिन्दु धर्मअनुसार मुसा भगवान गणेशको वाहन हो। 
–    मुसाको मुटु एक मिनेटमा ४ सय पटक धड्किन्छ। 
–    हरेक वर्ष अप्रिल ४ मा विश्व मुसा दिवस मनाइन्छ। 
–    पोथी मुसा ३ महिनाकै उमेरमा प्रजननका लागि तयार हुन्छन्। 
(विभिन्न एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.