विश्वासको मत लिन मुख्यमन्त्री शाक्यद्वारा प्रस्ताव पेश

विश्वासको मत लिन मुख्यमन्त्री शाक्यद्वारा प्रस्ताव पेश

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छिन्। आइतबार दिउँसो प्रदेशसभा बैठकमा शाक्यले  प्रस्ताव पेश गरेकी हुन्। 

उनले विश्वासको मत लिने प्रस्ताव पेश गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक आगामी कात्तिक ४ गते बस्ने गरी स्थगित गरेका छन्। विश्वासको मत लिने प्रस्ताव पेश गर्दै मुख्यमन्त्री शाक्यले दल विभाजन भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान अनुसार विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेको बताइन्। ‘दल विभाजन भएको परिप्रेक्षमा नेपालको संविधानको धारा १८८ को उपधारा ९२० तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम ९१० बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्ताव पेस गरेको छु’, उनले भनिन्। 

भदौ २५ गते नेकपा एमाले विभाजनपछि भदौ २७ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध १३ जना प्रदेशसभा सदस्यले शाक्यलाई दिएको समर्थन फिर्ता लिएका थिए। विश्वासको मत लिनैपर्ने कानूनी प्रावधान अनुसार अघि बढेकी शाक्यले विश्वासको मत पाउन भने मुश्किल छ। शाक्यले गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन् ।  ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य अहिले ४३ सांसदमा खुम्चिएकी छन्। प्रदेशमा सरकार टिकाउन ५५ सांसद चाहिन्छ । साना दलसँगको सहकार्यमा शाक्यको पद जोगिने सम्भावना छैन । 

विपक्षी दलबाट कसले मुख्यमन्त्री पाउने भन्नेबारे टुङ्गो नलाग्दा शाक्यको सरकार अल्पमतमा परेको एक महिना बित्न लाग्दा समेत सरकार परिवर्तनको प्रक्रिया अघि नबढेको हो। बागमती प्रदेशका मुख्यमन्त्री एकीकृत समाजवादीले लिने केन्द्रमा सहमती भएको र सोही अनुसार प्रक्रिया अघि बढेको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका सचेतक मुनु सिग्देलले बताइन्। ‘गठबन्धनमा मन्त्रालय भागवण्डा लगायत ठोस सहमती हुन बाँकी भएकाले दसैंपछि बैठक बस्न लागिएको हो। समाजवादीकै नेतृत्वमा सरकार बन्नेमा समस्या छैन’, उनले भनिन्। 

तर नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले भने आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। दलका नेता इन्द्र बानियाँले केन्द्रमा गठबन्धनले गरेको समहति पालना गर्ने बताए। ‘तर हाम्रो पनि दाबी कायमै छ। हामी मुख्यमन्त्री लिन आवश्यक पहल गरिरहेका छौं’, उनले भने। 

नेकपा एमालेले भने वर्तमान सरकारले नै निरन्तरता पाउने सम्भावना बढिरहेको दावी गरेको छ। केही दिनभित्रै विपक्षी गठबन्धनमा फाटो आउने र एमालेकै सरकारले निरन्तरता पाउने नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.