बुटवलमा मर्नेको संख्या ३ पुग्यो : ३ जना गम्भीर घाइते

बुटवलमा मर्नेको संख्या ३ पुग्यो : ३ जना गम्भीर घाइते

बुटवल : रुपन्देहीमा रहेको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा भएको झगडामा घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ।  आइतबार दिउसो झडप हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। 

गैरसुकुम्बासीले औद्योगिक क्षेत्रको जग्गा हडपेर टहरा बनाएपछि प्रशासनले हाटउन थालेको थियो। अतिक्रमणकारी आक्रमणमा उत्रिएपछि दोहोरो झडप भएको हो। 

प्रहरीले करिव ३ हजार ५ सय जनाको भीड तिरबितर गर्न हवाइ फायर गरेको थियो। सोही क्रममा तीन जनाको मृत्यु् भएको प्रहरीले जनाएको छ।  झडपमा कम्तिमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते अन्य सर्वसाधारण हुन्।  समाचार संकलनका लागि पुगेका एक पत्रकारको टाउकोमा गम्भीर चोट लागेको छ।  गम्भीर घाइते तीन जनाको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।  अन्यको उपचार लुम्बिनी प्रदेशमा जारी छ। 

बुटवलको वडा नम्बर १७ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा रहेको रानीगञ्जमा सुकुम्बासीको नाममा घरटहरा बनेका थिए।  रुपन्देही प्रशासनले सो स्थानमा जग्गा अतिक्रमण हुन नदिन निषेधाज्ञा समेत लगाएको थियो। तर अतिक्रमण २०० विगाहाभन्दा धेरै हुँदै गएपछि प्रशासनले घरटहरा हटाउन थालेको हो।  सोही क्रममा अतिक्रमणकारीले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेका थिए।  

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा उनीमाथि समेत आक्रमण भएको थियो।  तत्कालीन समयमा राजनीतिक रुप दिंदै कांग्रेस र एमालेका माधव नेपाल पक्षीय नेताहरुले शिलान्यास रोक्न अल्टिमेटम दिएका थिए।  शिलान्यास नरोकिएपछि भौतिक आक्रमण नै भएको थियो। 

औद्योगिक क्षेत्रलाई राजनीतिक एजेण्डा बनाइएपछि अहिलेको घटना सिर्जना भएको स्थानीयले बताएका छन्।  मोतिपुर क्षेत्रमा स्थायी घर भएका केही नेताहरुले घरटहरा बनाउन प्रेरित गरेका छन्।  ‘हामीलाई त शत प्रतिशत जग्गा पाउँछौं, कसैसँग नडराई प्रतिकार गर्नुपर्छ भनेका छन, नयाँ गाउँबाट टहरा बनाउन मोतिपुर पुगेका श्यामबहादुर विकले भने', ‘पुलिस प्रशासन आए ढुंगाले हानेर लखेट्न आदेश दिएका छन्। ’ प्रशासनको प्रतिकारका लागि २५/२५ जनाको समूह बनाइएको उनले बताए। 

जग्गा सुकुम्बासीलाई बाढिने हल्ला चलेपछि बाग्लुङबाट ३ सय जनाको टोली आएर टहरा बनाएको छ।  रातीमा बुटवलका होटलमा बस्ने उनीहरु उज्यालो भएपछि साँझसम्म टहरा कुर्न पुग्ने गरेका छन्।  जग्गा बाढ्नका लागि समिति नै बनाएर काम गरिएको छ।  करिव २५ सय जनाबाट एक सयका दरले रकम समेत संकलन भएको छ।  अहिले एक व्यक्तिलाई कम्तिमा ५ धुर जग्गा दिने गरी बाँडफाड भएको टहरा बनाउने मध्येका एक कविर गाहाले बताए। 

मोतिपुरमा ८ सय २२ विगाहा जमिनमा औद्योगिक क्षेत्र बनाउन लागिएको हो।  औद्योगिक क्षेत्र बनाउने सुरुआती चरणमा स्थानीयले विरोध गरेका थिए।  सो जग्गा औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा रहेको छ। 

प्रशासन र सर्वसाधारणबीचको झडपले तनावग्रस्त बनेको मोतिपुर क्षेत्रमा प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ।  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तनावको अवस्था नियन्त्रणमा आएको र बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.