बाघको आक्रमणबाट वेपत्ता थारु मृत भेटिए
गुलरिया : पाटे बाघको आक्रमणमा परी वेपत्ता बर्दिया गेरुवा–४ का जनकबहादुर थारु मृत भेटिएका छन् । ढुकुनियास्थित सामुदायिक वनको चरन क्षेत्रमा सोमबार उनलाई बाघले आक्रमण गरेर वेपत्ता बनाएको थियो ।
खोजिका लागि ४ हात्तीसहित निकुञ्जको टोली परिचालित थिए । थारुको शव सोमबार राति मध्यवर्ती क्षेत्रको काँसघारीमा भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । शव पोष्टमार्टमका लागि राजापुरमा राखिएको छ ।