दसैंमा गाउँ शुन्य कारागार भरिभराउ

दसैंमा गाउँ शुन्य कारागार भरिभराउ

मकवानपुर : पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाका प्राय गाउँ सुनसान जस्तै छन्। शहरदेखि गाउँघरसम्म दसैंले धपक्कै छोपे पनि यहाँको गाउँघरमा दसैंको रौनक छैन। 

पश्चिमी मकवानपुरको राक्सिराङसँगै कैलाश र मनहरी गाउँपालिकाका विभिन्न गाउँहरु केही वर्षयता दसैंमा हाँस्न सकेको छैन। यस क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन्। बाँकी गाउँमा भएका युवाहरु पनि लागूऔषध लगायत अन्य मुद्धामा कारागार पुगेपछि गाउँघर सुनसान जस्तै बनेको हो। 

मकवानपुरका पश्चिमी क्षेत्रका गाउँघर शुन्य भए पनि क्षेत्रीय कारागार भीमफेदी भने भरिभराउ छ। झट्ट कोही पुग्दा मकवानपुरको कुनै गाउँ झल्को दिने भीमफेदी कागारारमा हाल एक हजार बढी कैदीबन्दी छन्। कारागारमा दसैं मनाउने तयारी गरिरहेका कैदीबन्दीमध्ये ६० प्रतिशत मकवानपुरका मात्र रहेको कारागार कार्यालयको तथ्याङ्क छ। तीमध्ये पनि सबैभन्दा बढी लागूऔषध मुद्धाका छन्। 

कारागारमा रहेका मकवानपुरका कैदीबन्दी मध्ये अधिकांश पश्चिमी मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका कैदीबन्दी रहेका छन्। 
अवैध लागूऔषध गाँजा मुद्धामा यस क्षेत्रका करिब डेढसय युवाहरु कारागारमा रहेको भीमफेदी कारागार प्रशासनले जनाएको छ। तीमध्ये ५० जना बढी राक्सिराङ गाउँपालिकाको मात्र रहेका छन्। आफ्ना गाउँका युवाहरुलाई राक्सिराङ गाउँपालिकाले कारागारमा पुगेर खसी,चामल,चिउरा,तेल लगायत सहयोग गरेको छ।  

कारागारमा करिब तीन सय जना यस क्षेत्रका कैदीबन्दी रहेको तथ्याङ्क छ। तीमध्ये अधिकांश लागूऔषध गाँजा ओसार पसारमा पक्राउ परेका हुन्। गाउँघरका प्रायः युवा कारागारमै भएपछि राक्सिराङ गाउँपालिकाले कारागारमै पुगेर कैदीबन्दीलाई दसैंको लागि खसी, चिउरा, तेल लगायत खाद्यान्न सहयोग गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। कारागारबाट कैद भुक्तान गरेर फर्किएपछि गाउँपालिकाभित्रका युवाहरुलाई गाउँपालिकाले अन्य स्वरोजगारको काम गर्न अनुदान समेत दिने नीति लिएको उनले बताए। 

मकवानपुर २ नम्बर निर्वाचन क्षेत्र ख का सांसद इन्द्र बानियाँले कारागार पुगेर ६० हजार रुपैयाँ नगद सहयोग गरेका छन्। साथै मनहरीका युवाहरुले पनि कारागार पुगेर खाद्यान्न सहयोग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.