राष्ट्रपति भण्डारीले आमाबाट टीका लगाइन्
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेको हातबाट शुभसाइतमा टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका लगाइन् । उनले परिवारका सदस्यलाई समेत टीका लगाइदिएकी थिइन् । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम भने स्थगन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !