सिमानामा फहरायो राष्ट्रिय झण्डा

सिमानामा फहरायो राष्ट्रिय झण्डा

चितवन : नेपाल-भारतको सिमा क्षेत्रमा रहेको ठोरीमा ठुटेखोला छ। पर्सा जिल्लाको ठोरी दुई देशबीचको सिमाको विषयले पटकपटक विवाद भएको ठाउँ हो। त्यहाँ चार सय पैतिस नम्बरको सिमा स्तम्भ पनि छ। पटकपटक भारतीय हस्तक्षेपको सामना गर्दै आएका स्थानीयले नेपालको राष्ट्रिय झण्डा राखेका छन्। हुलाकी सडकखण्ड अन्र्तगतको ठोरी गाँउपालिका वडा नम्बर दुईमा रहेको ठुटेखोला पुलको दुवैतर्फको बारमा चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा फहराएको छ। आइतबार एकसय दुई मिटर लामो पुलमा २० फिट अग्लो १२ वटा वटा झण्डा गाडेका छन्।  

पुलबाट करिब ३० मिटर दक्षिणमा भारतको प्रवेशद्धार छ। स्थानिय नेपालीहरु भारतीय सिमा सुरक्षाबाट अपमान सहन परेको गुनासो गरेका थिए। ६ महिना अघिसम्म भारतियहरु पानीको लागी त्यस क्षेत्रमा आएर गस्ति गरेका थिए। ठुटे खोलाको पुललाई कुनै बेला भारतले आफ्नो भूमि भएको दावी गर्दै आएको थियो। भारतीयको अवरोधका कारण २०७४ सालमा निमार्ण भएको पुल तीन वर्षपछि गत वर्ष संचालनमा आएको हो। दुइेृ देशका भएको छलफलबाट उक्त स्थान नेपालको भएको निष्कर्ष निकालेको थियो। पटक पटक विवाद हुने स्थानमा नेपाली स्वाभिमान उचो बनाउन राष्ट्रिय झण्डा राखेको संयोजक सुदिप थापाले बताए। ‘नेपालको कुनै चिनारी भएन। यो हाम्रो नेपाल हो भन्ने देखाउन पनि राष्ट्रिय झण्डा राखेका हौँ’ उनले भने ‘स्वाभिमानमा प्रश्न उठ्ने भएर हरेक नेपालीलाई गर्व होस् भनेर यो काम गरेका हौँ।’ 

भारतीयले विवाद गरेपछि उक्त पुल निर्माण भएको तीन वर्षसम्म पनि संचालन हुन सकेको थिएन। भारतीयको अवरोधका कारण २०७४ सालमा निर्माण भएको पुल तीन वर्षपछि गत वर्ष संचालनमा आएको हो। पुल निर्माणका लागी सर्वे गर्दा एसएसबीले भारतीय भूमि भन्दै अवरोध गरेको थियो। २०७४ साल वैशाखमा सीमा अधिकारीबीचको वार्ताले  नेपालको भनि निष्कर्ष निकालेको थियो। ‘हरेक नेपालीमा जसरी राष्ट्रियताको भावले जसरी आङ सिरिङ्ग बनाउछ त्यही राष्ट्रियताको एउटा प्रतीक हाम्रो भूमिमा राष्ट्रिय झण्डा फहराएका हौँ’ स्थानिय धिरसिंह घिमिरेले भने ‘सिमा विवादको छलफलपछि हामीले फर्काएको भूमिमा आँखा नलगाउन भनेर झण्डा राखेका हौँ। ’ 

ठोरी नेपालको पुरानो नाका हो। पहिला नुन लिनका लागी सबै ठोरी जान्थे। कोरोनाको कारण देखाउँदै भारतले उक्त नाका खोलेको छैन। सवारीसाधन आवतजावत रोकेको छ। त्यहाँबाट  भारतको भिखना ठोरी र जमुनिया बजार नजिकै पर्छ। नेपालीहरु भारतको ठुलो बजार नरकटियागंज सम्म पुगेर किनमेल गर्छन्। भारत प्रवेशका क्रममा नेपालीले झन्झट बेहोर्दै आएको गुनासो गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.