बस्ती छेउ पुग्यो महाकाली, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

बस्ती छेउ पुग्यो महाकाली, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

महेन्द्रनगर : महाकाली नदीले निमार्णधिन पक्की पुल जोड्ने ६ लेनको पहुँच मार्ग (भाइरल रोड) बगाएपछि बाढी बस्ती छेउ पुगेको छ । सोमबार रातिदेखि कटान सुरु गरेको नदीले भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै ६ लेनको सडक पूरै बगाएको हो ।

सडक कटान गरेर नदी बस्तीमा पस्ने खतरा बढेपछि उक्त क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दा मालसामान र गाईवस्तु सुरक्षित स्थानतर्फ सारिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त सिद्धराज न्यौपानेले बताए । 'हिजो रातिदेखि स्थानीय र सरसामान सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी लागिरहेका छन्, 'उनले भने,'अहिले पनि सुरक्षाकर्मी परिचालन गरिएको छ। सबैलाई सर्तक रहन आग्रह गरिरहेका छौं ।'

मंगलबार महाकालीको बाढी भुजेला खोला हुँदै बस्तीतिर पसेपछि सयौं परिवार विस्थापित भएका छन् । उनीहरू विद्यालयमा ओत लागेका छन् । यसैगरी दोधारा चाँदनीतर्फ पनि ठाउँठाउँमा कटान गरिरहेको छ । बुधबार नदीको बहाव कम भए पनि कटान रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार महाकालीको बहाव २ लाख ७७ हजार क्युसेक पुगेको छ । मंगलबार दिउँसोको बहाव ५ लाख ४७ हजार क्युसेकसम्म थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.