वर्तमान सरकारले नै तीन तहको चुनाव गर्छ : पूर्व मन्त्री पोखरेल

वर्तमान सरकारले नै तीन तहको चुनाव गर्छ : पूर्व मन्त्री पोखरेल

जोमसोम : पूर्व स्वास्थ्य विज्ञान तथा प्रविधि, पूर्व शिक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य गिरिराजमणी पोखरेलले वर्तमान सरकारले नै आगामी ३ तहको निर्वाचन गर्ने बताएका छन्।

पारिवारिक धार्मिक भ्रमणको शिलशिलामा बुधबार मुस्ताङ आएका पूर्व मन्त्री पोखरेलले मुस्ताङका पत्रकारसँग कुराकानी गर्दै यदी राजनीतिलाई स्वच्छ ढंगले अघि बढाउने हो भने वर्तमान सरकारबाहेक अर्को कुनै पनि सरकारले निर्वाचन गर्न नसक्ने ठोकुवा गरे।

पूर्व मन्त्री पोखरेलले पूर्व ओली नेतृत्वको सरकारले २-२ पटक संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर प्रतिगमन निम्त्याएको र त्यसविरुद्ध ५ दलीय गठबन्धनले आन्दोलन अघि बढाएको उल्लेख गरे। सर्वोच्च अदालतले सविधानको रक्षा गर्दै प्रतिनिधि सभा बिउँत्याएर वर्तमान सरकार निर्माण भएको उल्लेख गर्दे पूर्व मन्त्री पोखरेलले सर्वोच्चको फैसला र जनताले दिएको जनादेशलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए। उनले भने,‘कांग्रेसले नपाउने अवसर पाएको छ । गठबन्धनको साझा आचार संहिता बनाएर वर्तमान सरकारको गतिबिधि अघि बढाउनु पर्ने हुन्छ।’ पूर्व मन्त्री पोखरेलले सरकारमा सामेल वर्तमान ५ दलीय गठबन्धनलाई निर्वाचनसम्म लैजान आवश्यक रहेको बताए।

तपाईंको मुस्ताङ भ्रमण केका लागि भन्ने प्रश्नमा पूर्व मन्त्री पोखरेलले हिमाली जिल्ला मुस्ताङको महत्वपूर्ण परिचय र पहिचान रहेकोले नजिकबाट नियाल्न मुस्ताङ आएको जनाए। उनले मुक्तिनाथ मन्दिर लगायतका ठाउँहरुको अवलोकन गर्ने उद्देश्य रहेको बताए। मन्त्री पोखरेलले नेपाल सरकारबाट छात्रवृत्ति पाएर डाक्टर बनेकालाई दुर्गम र सुगममा १-१ वर्ष सेवा गर्नुपर्ने प्रावधान लागु गरेको र त्यसले हालसम्म निरन्तरता पाइरहेको उल्लेख गरे।

उनले जिल्ला अस्पताल जोमसोमको अवलोकनका क्रममा स्वास्थ्य समस्या हल गर्न तीन तहकै सरकार मिलेर समन्वय र सहकार्य गर्नुपर्ने सुझाए। पूर्व मन्त्री पोखरेलले आफ्नो मुस्ताङ भ्रमण पारिवारिक भ्रमण भएको बताए। उनले भ्रमणमा आफूले केही सिक्न,बुझ्न र केही सहयोग गर्नुपर्ने काम रहेको बताए। उनले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

पूर्वमन्त्री पोखरेलको पारिवारिक टोली पोखराबाट बेनी हुँदै बुधबार साझ मुस्ताङ आउँदै छ। पूर्व मन्त्री पोखरेल भने पोखरा—जोमसोम हवाई सेवामार्फत बुधबार जोमसोम आइपुगेका हुन्। मुस्ताङ आउने क्रममा पूर्व मन्त्री पोखरेलले जिल्ला अस्पताल जोमसोमको निरीक्षण गरेका छन्। उनले जोमसोम अस्पतालका मेसु मनोज घिमिरेसँग अस्पतालको समस्या र चुनौतीका विषयमा जानकारी लिएका छन्। 

यस्तै बुधबार नै पूर्व मन्त्री पोखरेलले थासाङ—३ लेतेमा रहेको धौलागिरि प्राविधिक शिक्षालयको समेत अवलोकन गरेको जिप्रका मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.