ओलीमा हिटलर शैली छ : अध्यक्ष नेपाल

ओलीमा हिटलर शैली छ : अध्यक्ष नेपाल

स्याङजा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा हिटलर शैली भएको बताए। व्यक्तिवादी स्वार्थका हिमायती गोर्भाचोकले जस्तै ओलीले पनि आफ्नो स्वार्थसिद्धीका लागि जे पनि गर्न तयार भएको आरोप उनले लगाए।   

नेकपा एस स्याङ्जाको पार्टी कार्यालयको शुक्रबार उद्घाटन गर्दै नेपालले ओलीले दुई पटकसम्म प्रतिनिधिसभा भंग गरेर संविधानमाथि घात गरेको बताए। 
उनले भने, ‘ओलीले गुट चलाए। प्रचण्डलाई घात गरे। आधाआधी प्रधानमन्त्री चलाउने लिखित सम्झौता तोडे। नीति प्रधान हुनु पर्नेमा व्यक्तिवादी बने। पार्टीको बैठकै नबोलाउने।  आलोचना र सुझाव दिनेलाई  सिद्धाउने सम्मका काम गर्न उनी पछि परेनन्। जसका कारण उनी आज सडकमा पुगेका छन्। हामी सरकारमा छौं। मदन भण्डारी फाउण्डेशनका नाउँमा केपी फाउण्डेशन खडा गरे।’  

ओलीको व्यक्तीवादी चरित्र र गुट शैलीको विद्रोह गर्दे नयाँ पार्टी बनाउनु परेको बताए।  एकीकृत समाजवादीको शक्ति सुदुर पश्चिममा हेर्नुपर्ने बताए। 
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले इमान्दारिताको कदर गर्न नसक्ने ओली उनको आसेपासे र भजनमण्डलीमै रमाएको आरोप लगाए। परिवर्तनकारीलाई पन्छाउने ओली हिजोआज राजातन्त्रवादीलाई अंगाल्न थालेको बताए। 

ओलीको कामै अग्रगमनको विरोध गर्ने र प्रतिगमनको मतियार भएको बताउँदै पूर्व प्रधामन्त्री समेत रहेका नेपालले सत्ताबाट हट्ने डरले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेको बताए।

पछिल्लो समय केपी ओलीको सरकार भ्रष्टाचारमा लिप्त रहेको र लोकतन्त्रका मूल्य र मान्यतामा आघात पुर्याउने काम गरेको उनले बताए। उनले भने, ‘मुखमा रामराम बगलीमा छुरा’ भने झैं भयो।' 

अध्यक्ष नेपालले सुदुरपश्चिममा एकीकृत समाजवादीको शक्ति हेर्न आग्रह गरे। सुदुरपश्चिममा नेकपा एस पहिलो र एमाले चौथो रहेको बताउँदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने ठोकुवा गरे।  

यसै गरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अबको २० दिनमा १२ वर्ष माथिकालाई खोप लगाउन एक करोडको सम्झौता भएको बताए। १८ वर्षमाथि उमेरकाले खोप लगाइरहेको र चाडै सबैले लगाउने बताउँदै मन्त्री खतिवडाले १२ वर्ष मुनिकालाई खोपले मान्यता पाएसँगै ल्याउने जनाए।

ओली सरकारले कुनै लक्ष्य बिना सयौं अस्पताल काठमाडौं बसेर एकैपटक उद्घाटन गरेको बताउँदै मन्त्ती खतिवडाले पुर्जा र डीपीआर ल्याएर अस्पताल खोल्न रकम उपलब्ध गराउने बताए। 

गल्ती स्विकारर्ने नै कम्युनिष्ट हुने बताउँदै नेता खतिवडाले कम्युनिष्ट आचरण नभएकालाई नवौं महाधिवेशनमा नेतृत्व दिँदाअहिलेको अवस्था आएको दावी गरे। 
वर्तमान सरकारलाई परमादेशको भन्ने अधिकार ओलीलाई नभएको उनले सुनाए। ‘बहुमत सहित राष्ट्रपति कहाँ जाँदा राष्ट्रपतिका आँखाले नदेखेपछि हामी अदालत जान बाध्य भएका हौं।’

कार्यक्रममा केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ, सांसद कलिलाँ खान, जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई,  उपसचिव टिकाराम नेपाली, पुतलीबजार नगर अध्यक्ष श्रीप्रसाद गुरुङ लगायतले मन्तव्य राखेका थिए। 

तस्बिर : भवानी अधिकारी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.