एमालेको १० औं राष्ट्रिय महाधिवेशन :  अधिक्तम १९९९ प्रतिनिधि सहभागी

एमालेको १० औं राष्ट्रिय महाधिवेशन :  अधिक्तम १९९९ प्रतिनिधि सहभागी

काठमाडौं : नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १९९९ बनाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले  महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्‍याएको हो।  

बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो। केन्द्रीय कमिटीमा संख्या बढाउनु पर्ने सुझाव आएबमोजिम संख्या बढाइएको छ। उता विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि थिए। 
 

'२ हजारमा नबढ्ने गरी प्रतिनिधि बनाउने निर्णय भएको छ', केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले भने। बैठकले समावेशिताको आधारमा प्रतिनिधि छनौट गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिमको उल्लेख्य प्रतिनिधि गराइने भएको छ। 
 
प्रतिनिधि छनौट कार्तिक २७ मा एकै दिन हुने निर्णय पनि बैठकले गरेको उनले  जानकारी दिए। एमालेको आगामी मंसिर १० गतेदेखि १२ सम्म चितवनमा राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.