मुल महाधिवशेन व्यवस्थापन समितिमा रघुजी पन्त र शेरबहादुर तामाङ थपिए
काठमाडौं : नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनको मुल व्यवस्थापन समितिमा रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका छन्। शुक्रबारको केन्द्रीय समितिको बैठकले स्थायी समिति सदस्य पन्त र केन्द्रीय कार्यालय सचिव तामाङलाई थपेर मुल व्यवस्थापन समितिको संख्या २१ बाट बढाएर २३ पुर्याएको छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पन्त र तामाङलाई मुल व्यवस्थापन समितिमा थपिएको जानकारी दिए। समितिको संयोजक रामबहादुर थापा, सहसंयोजक सुरेन्द्र पाण्डे तथा सचिव विष्णु रिमाल छन्। केन्द्रीय कमिटीको बैठकमा विद्युतीय मेसिनको परीक्षण गरिएको प्रवक्ता ज्ञावालीले जानकारी दिए।
महाधिवेशनको मतदान भोटिङ मेसिन मार्फत गर्ने तय भएको छ। एमालेको महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ सम्म चितवनमा हुन गइरहेको छ। महाधिवेशनको उद्घाटन नारायणी नदीको किरानामा र बन्दसत्र सौराहमा हुने तय गरिएको छ।