प्रधानन्यायाधीशको बारेमा गठबन्धनमा साझा धारणा बनाउछौँ : प्रचण्ड

प्रधानन्यायाधीशको बारेमा गठबन्धनमा साझा धारणा बनाउछौँ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको विषयमा गठबन्धनका सबै दल मिलेर धारणा बनाउन लागेको बताएका छन्। जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धनको साझा धारणा बनाउने प्रक्रियामा रहेको जानकारी दिए। उनले भने, ‘साझा धारणा बनाउने प्रक्रियामा रहेको हुँदा यही हुन्छ, भने कठिन छ तर हामी साझा धारणा बनाएर अगाडि बढ्न प्रक्रियामा छौं।’

प्रचण्डले देशका लागि अनिवार्य विधेयकहरु अध्यादेशबाट अगाडि बढाउने बताएका छन्। केपी ओली नेतृत्वको सरकारले गलत परिपार्टी र संविधान लोकतन्त्र र गणतन्त्रलाई धरासाही हुने गरी अध्यादेश ल्याउन लागेको होइन, बरु देशका लागि आवश्यक र अपरिहार्य अध्यादेशबाट अगाडि बढाउन लागेको बताए।

उनले भने, ‘अध्यादेश कुन समयमा कस्तो कामको लागि अध्यादेश ल्यायो भन्ने मुख्य कुरा हो, अध्यादेश विफल भएको होइन, बरु अध्यादेश ल्याएर तत्कालै संवैधानिक संकट टार्ने व्यवस्था नै हो, कसैले गलत नियतले ल्यायो भने त्यसको विरोध स्वभाविक हो, तर त्यस पछाडिको उद्देश्य ठीक छ भने त नागरिकता, रेल जस्ता विषयमा राष्ट्रिय सहमति जुटाएर समझदारीका साथ अगाडि लान्छौं।’

प्रचण्डले अहिलेको सरकार पूर्णकालीन समयसम्म चल्ने बताए। उनले भने, ‘अर्ली ईलेक्सशन हुँदैन, तपाईहरु कुनै कन्फ्युजनमा नबस्नुहोस् बरु राष्ट्रियसभाका निर्वाचनमा गठबन्धन मिलेर जाने टुङ्गो छ, त्यहीअनुसार हामी अघि बढ्छौं।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.