न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा

न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे गठबन्धनमा छलफल गर्ने बताएका छन्। नेपाल तरूण दलको ६८ औँ स्थापना दिवसका अवसरमा बुधबार देउवाले अदालतका समस्या अदालतलेनै समाधान गर्नुपर्ने धारणा राखे। उनले भने, ‘हाम्रो गठबन्धन पाँच पार्टीको न्यायालय सम्बन्धमा सरसल्लाह, छलफल गर्नेछौं।’

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने भनी दिएको अभिव्यक्तिमाथि पनि देउवाले आलोचना गरे।‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन। यसमा धेरै कुरा छैन।' देउवाले भने, 'मैले तपाईहरुलाई भनेको छु। अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’

गजेन्द्र हमालका बारेमा बोल्दै देउवाले भने, 'हमाल हाम्रो पार्टीको मान्छे हो। बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए। '

मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले गृह जिल्ला पुगेर न्यायालयमा भएको विवादको  विषयमा सत्तारुढ दलको बैठक बसेर मात्रै धारणा तय गर्ने बताएका थिए। ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँ कतैबाट आँच नआओस् भनेर हामी सबै सतर्क हुनुपर्छ,’ उनले भने, ‘अहिलेको विवाद एक–दुई दिनमै उचित निष्कर्षमा पुग्छ।’ 

प्रधानन्यायाधीश जबरालाई तत्काल महाभियोग लगाउने विषयमा गठबन्धनबीच छलफल नभएको दाहालको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.