खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त
काठमाडौं : खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुराका अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खाती सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा नियुक्त भएका हुन् । 
प्रतिक्रिया दिनुहोस !
४