महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिलाई महाअभियोग लगाउर बिदा गर्नुपर्ने बताएका छन् । 

बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भए लगत्तै थापाले यस्तो बताएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले गलत काम गरेकाले सुझबुझ पुर्याएर राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नुपर्ने उनको भनाइ छ । 

थापाले ट्वीट गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले गलत बाटो अपनाएको भन्दै आपत्ति जनाएका हुन् । 

‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?’, प्रश्न गर्दै गगनले ट्वीटरमा लेखेका छन्, ‘जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ रयिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.