जोमसोम अस्पतालमा छैनन् चिकित्सक

जोमसोम अस्पतालमा छैनन् चिकित्सक

जोमसोम : मुस्ताङकै एक मात्र जोमसोम अस्पतालमा चिकित्सकीय सेवा प्रभावित बनेको छ। अस्पतालमा कार्यरत २ जना चिकित्सकको सेवा करार अवधि सकिएर बिदा भईसकेको र अस्पतालका मेडिकल सुपरिटेन्डेनको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा खटिएसँगै जोमसोम अस्पताल चिकित्सक विहिन बनेको हो।

जोमसोम अस्पतालमा कार्यरत डा.ऋषव खनाल र डा. साजन बरालको करार अवधि असोज अगावै सकिएकोमा गत हप्तानै उनीहरुअस्पतालबाट बिदा भईसकेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए। उनका अनुसार अस्पतालका मेसु मनोज घिमिरे पनि मन्त्रालयमा गएपछि जोमसोम अस्पताल चिकित्सक विहिन बनेको हो। 

एकजना नवौं तहको चिकित्सकसहित कुल १८ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको जोमसोम अस्पतालमा २ जना कार्यालय सहयोगीसहित ६ जना स्वास्थ्यकर्मी मात्र कार्यस्थलमा उपस्थित छन्। 

जोमसोम अस्पतालमा १ जना नवौं तहको चिकित्सक, १ जना आठौं तहको चिकित्सक, स्टाफ नर्स २ जना, अहेब ३ जना, अनमी २ जना, नायब सुब्बा १ जना, ल्याब टेक्निसियन १ जना, डाक रुम असिस्टेन १ जना र ६ जना कार्यालय सहयोगीको स्थायी दरबन्दी छ। तर, अस्पतालका लागि पर्याप्त दरबन्दी कायम रहेपनि सरकारको यथोचित व्यवस्थापन नहुँदा स्वास्थ्यकर्मीको अभाव खट्किएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतको भनाई छ। उनका अनुसार अस्पतालका लागि तोकिएको १८ जना दरबन्दी मध्ये हाल स्टाप नर्स १ जना ,नायब सुब्बा १ जना, ल्याब असिस्टेन १ जना र  २ जना कार्यालय सहयोगी मात्र छन्। 

अस्पतालका सूचना अधिकारी बस्नेतले जोमसोम अस्पतालमा चिकित्सकको अभाव भएको जानकारी सरकारलाई पटकपटक जानकारी गराएको भएपनि सरकारले त्यसको सम्वोधन गर्न नसकेको जानकारी दिए।

जोमसोम अस्पतालमा चिकित्सकको अभाव भईरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले राजिव सापकोटालाई करारमा चिकित्सकको रुपमा खटाईएको भएपनि उनी अहिले सम्म कार्यस्थलमा उपस्थित भएका छैनन्। अस्पतालमा अहिले करारमा खटाईएका १ जना स्टाप नर्स ,१ जना अहेब छन्। 

करारमा परिचालन गरिएका सबै स्वास्थ्यकर्मीको करार अवधि असोजमै सकिएको भएपनि उनीहरुलाई मौखिक आश्वासन दिलाएर थमौती गरिएको अस्पताल श्रोतले जनाएको छ। उनीहरुको करार अवधि सक्किएकाले ठाँडो हाजिरमा काम गरिरहेको जनाईएको छ।

यसअघि राष्ट्रिय स्वंयसेवक कार्यक्रमबाट मन्त्रालयले १ अहेब करारमा खटाईएको भएपनि उनले पारिश्रमिक पाउन नसकेपछि दसैं बिदामा घर गएको र कार्यक्षेत्रमा नफर्किएको अस्पतालका सूचना अधिकारी बस्नेतको भनाई छ। उनका अनुसार घर फर्किएका चिकित्सकले आफू कार्यक्षेत्रमा नफर्किने जानकारी अस्पताललाई गराएको उनले बताए।

मुस्ताङको जोमसोम अस्पताल १५ शैयाको छ। अस्पताल चिकित्सकविहिन बनेपछि उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका बिरामीको उपचारमा समस्या परेको छ। चिकित्सक नहुँदा बिरामीले अस्पतालले दिने सघन उपचार र ईमेरजेन्सी सेवा पाउँन वञ्चित छन्।

नेपाल सरकारबाट छात्रवृद्धि सुविधा प्राप्त गरी चिकित्सक बनेकाहरुलाई एक वर्ष दुर्गम जिल्लामा खटाउने सरकारले प्रावधान तोकेको छ। कुनैबेला सरकारबाट छात्रवृद्धि पाएर चिकित्सक बनेकाहरु जोमसोम अस्पतालमा अटुट ४ जनादेखि ७ जनासम्म हुने गरेकोमा यसपटक करारका डाक्टरको अभाव भएको अस्पतालले जनाएको छ। जोमसोम अस्पतालमा चिकित्सक अभाव भएसँगै अस्पताल आउने बिरामी जिल्ला बाहिरको अस्पतालमा उपचार गर्न जानुपर्ने बाध्यता परेको छ। 

बेनी-जोमसोम सडकको दुरअवस्था र पोखरा-जोमसोम हवाई सेवाको भाडा महङ्गो पर्ने भएकाले निम्न आयश्रोत भएका विरामी आर्थिक समस्यामा पर्ने देखिएको छ।

जिल्लामा नवौं तहको एमबिबिएस उर्तीण चिकित्सकको दरबन्दी कायम रहेपनि हालसम्म नवौं तहको चिकित्सक अस्पतालमा खटाईएको छैन। नवौं तहको चिकित्सक नहुँदा जोमसोम अस्पतालमा भरपर्दौ स्वास्थ्य सुविधा प्राप्त गर्न कठिनाई भईरहेको स्थानीय बताउँछन्। 

यस्तै, जिल्ला अस्पताल जोमसोममा भरपर्दौ प्राविधिक उपकरणको सुविधा नहुँदा अस्पताल आउने विरामीलाई विभिन्न समस्या पर्ने गरेको छ। अस्पतालमा साधारण प्रकारको ल्याब र एक्सरे लगायतका उपकरण मात्र हँुदा विरामीको रोगको पहिचान गर्न र उपचारमा कठिनाई भईरहेको छ। जोमसोम अस्प्तालमा हालसम्म डिजिटल एक्सरे उपकरण नभएको र दक्ष प्राविधिक टेक्नियसनसमेत नभएकाले रोग पहिचानमा समस्या उत्पन्न हुने गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले जोमसोम अस्पताललाई दुई थान आईसियु र भेन्टिलेटर उपलब्ध गराएपनि दक्ष प्राविधिक नहुँदा आईसियु र भेन्टिलेटर स्टोरमै थनि्कएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.