कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीको दाबी पेस

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीको दाबी पेस

सुर्खेत : कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीले दाबी पेस गरेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि कांग्रेसले तीन दलको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गरेको हो।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनसहित कांग्रेस संसदीय दलका नेता शाहीले मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष दाबी पेस गरेका हुन्। नेता शाहीले कांग्रेसका ६, माओवादीका १२ र समाजवादीका तीन सांसदको गरी २१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरे। उनलाई मंगलबार नै माओवादी र समाजवादीले मुख्यमन्त्रीका लागि समर्थन पत्रसमेत दिएका थिएका थिए। त्यसलगत्तै नेता शाही मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए।

माओवादीको तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । नेकपा विभाजनपछि अल्पमतमा परेका माओवादी संसदीय दलका नेता शाहीले गत बैशाखमा विश्वासका मत लिएका थिए। त्यसबेला कांग्रेस र एमालेका चार जना सांसदले विश्वासको मत दिएका थिए। त्यहीबेला मुख्यमन्त्री पद जोगाएका माओवादी नेता शाहीले ६ महिनाभित्र कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने सहमति गरेका थिए। सोही सहमतिअनुसार नै उनले सोमबार साँझ मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामासँगै कर्णालीमा काँग्रेसले सरकारको नेतृत्व गर्न लागेको हो।

मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्। स्रोतका अनुसार कांग्रेस नेता शाहीलाई मंगलबार राती ८ बजे नै मुख्यमन्त्री पदको शपथग्रहण गराउने कार्यक्रम रहेको छ। कर्णालीमा कुल ३५ जना सांसद छन्। जसमा एमालेका सभामुखसहित १३ र राप्रपाका एक जना सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.