प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई  नियुक्त

काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
एमाले नेता भीम आचार्यले सोमबार मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा राई प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्।

प्रदेश नं‌. १ का नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका राईलाई मंगलबार दिउँसो मुख्यमन्त्री पदको सपथ गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ। पाँचदलीय गठबन्धनका बहुमत सदस्यहरुले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्दै सोमबार साँझ प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीसमक्ष हस्ताक्षरसहित दाबी पेस गरेका थिए।

प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका हुन्। तर सत्तारुढ एमालेबाट नेकपा (एकीकृत समाजवादी) विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेका छन्। 

एमालेबाट समाजवादी विभाजन हुनुअघि प्रदेशमा एमालेका ५१ सांसद थिए। अहिले सभामुखसहित ४१ जना मात्रै छन्। ९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्छ। गठबन्धनमा रहेकामध्ये कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, एकीकृत समाजवादीका १० र जनता समाजवादीका ३ सांसद छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.