मुख्यमन्त्री राईले गरे सपथग्रहण, को-को बने मन्त्री ?
विराटनगर : नेकपा (एकीकृत समाजवादी) प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएको छ। एमालेका मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले सोमबार पदबाट राजीनामा दिएसँगै मंगलबार नयाँ सरकार गठन भएको हो।
राईले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि गठबन्धनको तर्फबाट ५ जना मन्त्रीले सपथ ग्रहण गरेका हुन्। गठबन्धनकोतर्फबाट कांग्रेस, माओवादी, जसपाबाट एक/एकजना मन्त्री बनेका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, र सामाजिक विकास मन्त्रीमा जयराम यादव, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहामम्फेले जिम्मेवारी पाएका छन्। तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चको तर्फबाट राज्यमन्त्री बनेकी हुन्। यसबाहेकका अन्य मन्त्रालय अहिले मुख्यमन्त्री राईले नै हेर्नेछन्। 
प्रतिक्रिया दिनुहोस !