संरक्षण क्षेत्र नै असुरक्षित : पासो थापेर ५ कस्तुरी मारियो

संरक्षण क्षेत्र नै असुरक्षित : पासो थापेर ५ कस्तुरी मारियो

जोमसोम : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङको उच्चलेकमा नियमित बन गस्ती नहुँदा वन्यजन्तु चोरी शिकारी बढेको छ। एक्यापअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ लुप्रा गाउँको खम्पा क्याम्पमाथि निच्चा जंगलमा मंगलबार र बुधबार गरिएको बन गस्तीमा ५ कस्तुरीसहित एउटा फ्याउरो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

वारागुङ मुक्तिक्षेत्र-१ माथिको उच्चलेकमा वन्यजन्तुको चोरी शिकारी हुने गरेको सूचनाका आधारमा अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय जोमसोम, डिभिजन बन कार्यालय, स्थानीय संरक्षण व्यवस्थापन समितिको टोलीसहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतको संयुक्त टोलीले वारागुङ मुक्ति क्षेत्रको क्याम्पमाथिको लेकमा पहिलो दिन दुई कस्तुरी र एक फ्याउरो मृत फेला पारेको हो।

दोस्रो दिन ३ कस्तुरी फेला पारेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारीले दिए । उनका अनुसार उक्त स्थानमा दोस्रो दिन गरिएको बन गस्तीमा एक जिउँदो भाले कस्तुरी र एक भाले र दुई पोथी कस्तुरी मृत फेला परेको उनले बताए।

पासोमा परेको भाले कस्तुरीलाई गस्ती टोलीले जंगलमै छोडिदिएका छन्। वन्यजन्तुको अखेटोपहार तस्कर गर्नका निम्ति तस्करहरुले लेकको विभिन्न क्षेत्रमा मोटरसाइकलमा प्रयोग हुने ब्रेक तारले बनाएको १ सय ४१ थान पासो समेत फेला परेको छ।

एक्यापसहितको प्रहरी टोलीले गरेको बन गस्तीको पहिलो दिन ४१ थान पासो फेला परेको थियो भने दोस्रो दिनको बन गस्तीमा करिब १ सय थान पासो फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पहिलो दिनको बन गस्तीमा संरक्षीत क्षेत्रमा बन तस्करहरुले थापेको पासोमा परी १२ केजीको भाले कस्तुरी एक, अन्दाजी १२ केजी २८० ग्राम तौलको पोथी कस्तुरी एक र ५ केजी ३५० ग्राम तौलको भाले फ्याउरो मृत अवस्थामा फेला परेको थियो ।

सो क्षेत्रमा शिकारीले थुप्रै संख्यामा पासो थापेको हुनसक्ने आशंका गर्दै गरिएको बन गस्तीमा जिउँदो र एक मृतसहित अन्दाजी १३/१३ केजी बराबरको कस्तुरी भेटिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । भाले कस्तुरीको नाभी बहुमुल्य पर्ने भएकाले यसको शिकार गर्ने गरेको पाइएको हो । तर, पोथी कस्तुरीको भने नाभी हुँदैन ।

दुई दिनसम्म गरिएको बन गस्तीमा वन्यन्तु तस्करहरुले पासोमा परेको दुईवटा भाले कस्तुरीको नाभी काटेर लगेको र वन्यजन्तु सडेगलेको अवस्थामा भेटिएको गस्तीमा गएका प्रहरी सहायक निरीक्षक सन्तोष विकले जानकारी दिए। 

पासोसहित मृत अवस्थामा फेला परेको वन्यन्तुको शव एक्याप जोमसोम कार्यालयमा ल्याएको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण व्यवस्थापन समिति, शसस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले उक्त स्थानमा पुनः बन गस्ती तथा बन अनुगमनलाई तीब्रता दिएको हो।

उनीहरुले अघिल्लो दिनमा सीमित स्थानमा गरिएको अनुमगनलाई पछ्याउँदै बृहत प्रकारको बन गस्ती सुरु गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङले वन्यजन्तु तस्करहरुको आवश्यक खोज अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार मुस्ताङका उच्च लेकका जंगलमा वन्यजन्तु तस्करहरुले यसअघि पासो थाप्ने गरेपनि यो अहिलेसम्मकै ठूलो परिमाणमा मृत कस्तुरी र पासो भेटिएको हो। वन्यजन्तु आरक्षण क्षेत्रमा हुने वन्यजन्तु तस्करी न्युनिकरणका लागि आवश्यक कडाइ गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ।

बर्सेनि वैशाख-जेठ महिनामा उच्चलेकमा यार्सा गुम्बा टिप्न सुरु हुन्छ । यार्सा टिप्न लेक पुगेका टोलीले नै वन्यजन्तुको शिकार र चोरी तस्करी गर्ने गरेको गरेको हो। यसअघि मुस्ताङको थासाङ लेक र घरपझोङका उच्चलेकमा वन्यजन्तुको चोरी शिकारी हुने गर्थ्यो । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना र डिभिजन बन कार्यालय रहेको मुस्ताङमा सम्बन्धित निकायले नियमितरुपमा बन अनुमगन नगर्दा वन्यजन्तुको चोरी तस्करी बढेको वृद्धि बढेको हो।

धार्मिक तथा पर्यटकीय क्षेत्र मुस्ताङ र बेनी-जोमसोम सडक सहज हुन थालेपछि अपराधिक प्रवृत्तिका व्यक्ति र वन्यजन्तुको चोरी शिकारी गर्ने व्यक्तिको घुस पैठ हुनसक्ने भएकाले पनि सीमानाकामा कडाइ र बन अनुमगनमा जोड दिनुपर्ने स्थानीयबासीले बताएका छन् । उनीहरुले एक्याप र डिभिजन बन कार्यालयले उचित जिम्मेवारी बहन गर्न नसकेको समेत जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.