जाडोको बेवास्था गर्दै मुस्ताङमा खेलकुद

जाडोको बेवास्था गर्दै मुस्ताङमा खेलकुद

जोमसोम : हिउँदयाम सुरु भएसँगै हिमाली जिल्ला मुस्ताङमा चिसो ह्वात्तै बढ्न थालेको छ। चिसो बढेसँगै मुस्ताङका स्थानीय नागरिक भने जाडो छल्न बेसी झर्ने तयारीमा छन्। मुस्ताङमा केहीदिन देखि चिसो बढेपनि यहाँको आन्तरिक खेलकुद भने गर्मिएको छ। जिल्ला तथा जिल्ला बाहिरका खेलाडी चिसो मौसमको परवाह नगरी खेल खेल्न मुस्ताङको थासाङ गापा-२ कोवाङमा आएका छन्।

निलगिरी र धौलागिरी हिमालको काँखैमा अवस्थित थासाङको मनमोहक गाउँ कोवाङमा गत आइतबार देखि खेलकुद महोत्सव सुरु भएको थियो। धौलागिरि युवा क्लब कोवाङले बडा दसैं तथा शुभ दीपावली २०७८ को अवसरमा आयोजनामा दोस्रो खुल्ला पुरुष/महिला तथा प्रौढ भलिबल प्रतियोगिता भएकोमा शुक्रबार सकिएको छ। मुस्ताङको तल्लो क्षेत्र र जिल्ला बाहिरका खेलाडीहरुको उपस्थिति रहेको प्रतियोगिताको पुरुष भलिबलतर्फ १२ टिम, महिला तर्फ ७ टिम र प्रौढ भलिबलतर्फ १० टिमले सहभागिता जनाए। 

लगातार ५ दिनसम्म जारी प्रतियोगिताको भलिबलतर्फ निर्मल स्पोर्टिङ क्लब लेते च्यापियन बनेको छ। महिला भलिबलतर्फ अमित बिल्डर्स च्याम्पियन बन्यो। यस्तै, प्रतियोगिताको प्रौढ भलिबलमा म्याग्दीको रुप्से संगम युवा क्लब च्याम्पियन बनेको छ। पुरुष तर्फ निर्मल स्पोर्टिङले मिलिजुली युवा क्लब मार्फालाई ,महिल तर्फ अमित बिल्डर्सले निलगिरि युवा क्लब टुकुचेलाई सोझो सेटमा पराजित गरेको छ। यस्तै,प्रौढ तर्फ  म्याग्दीको रुप्से संगम युवा क्लबले अन्नपूर्ण युवा क्लब ताक्लुङलाई सोझो ३ सेटमा पराजित गरेको जनाइएको छ।

दोस्रो खुल्ला भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको निर्मल स्पोटिङ युवा क्लबले नगद ७५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेता मिलिजुली युवा क्लब मार्फाले नगद ४५ हजारसहित शिल्ड , मेडल र  प्रमाणपत्र प्राप्त गरेको छ। महिला भलिबलतर्फको च्याम्यिन अमित बिल्डर्सले नगद ३५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता निलगिरि युवा क्लब टुकुचेले नगद २० हजारसहित शिल्ड ,मेडल र प्रमाण पत्र पाएको छ। यस्तै, प्रौढ भलिबलको च्याम्पियनले नगद २५ हजार उपविजेताले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको पुरुष भलिबलतर्फ सर्वोउत्कृष्ठ खेलाडी धालागिरि युवा क्लबका अजित गौचन घोषित भए। महिलातर्फ सर्वोउत्कृष्ठ खेलाडी निलगिरियुवा क्लब टुकुचेकी सृष्टि थकाली घोषित भईन्। प्रौढतर्फको सर्वोउत्कृष खेलाडी रुप्से संगम युवा क्लबका भेष पुन घोषित भएका छन्। पुरुष तथा महिला भलिबलका उत्कृष्ठ खेलाडीले जनही ३/३ हजारसहित मेडल र प्रमाणपत्र पाए। प्रौढतर्फको उत्कृष्ठ खेलाडीले नगद १५ सयसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताको विजेता/उपविजेता र खेलाडीहरुलाई धौलागिरि युवा क्लब कोवाङका संस्थापक उपाध्यक्ष कृष्णकुमार शेरचन ,क्लबका अध्यक्ष मनप्रसाद गौचन र थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचन लगायतले नगद तथा शिल्ड,मेडल र प्रमाणपत्रले सम्मान गरेका छन्।

प्रतियोगिता संञ्चालनका लागि स्वदेश तथा विदेशमा बसोबास गर्ने मुस्ताङीले आर्थिक सहयोग उपलब्ध गराएका थिए। प्रतियोगिता समापनपछि बोल्दै क्लबका अध्यक्ष मनप्रसाद गौचनले मुस्ताङको सुन्दर वातावरणमा चिसोलाई वेवास्ता गर्दै यति ठूलो प्रतियोगिता गर्न सफल भएको बताए। उनले मुस्ताङको आन्तरिक खेलकुदको प्रर्वद्धन र विकासका लागि जिल्ला भित्र र बाहिरका खेलाडीहरुको सहभागीमा प्रतियोगिता आयोजना गरिएको बताए। अध्यक्ष गौचनले मुस्ताङमा मोफसलमा आयोजना गरिएको प्रतियोगिता सफल गर्न आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे।

मुस्ताङमा कोरोना माहामारीपछिको पहिलो खेलकुद प्रतियोगिता धौलागिरि युवाक्लबले आयोजना गरेको हो। कोरोना भाईरस न्युनिकरण हुँदै गईरहेको र जिल्लामा लगाईएको निषेधाज्ञा खुकुलो भएसंगै ३ वर्षको अन्तरालमा धौलागिरि युवाक्लबले खेल प्रतियोगिता गर्न सफल भएको थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचनले उल्लेख गरे। उनले मुस्ताङमा मोफसलको ठुलो प्रतियोगिता थाक खेलकुद आयोजना हुन नसकेको अवस्थामा क्लबले ५ दिन लगाएर खेल प्रतियोगिता गर्न सफल भएको बताए। उनले शारिरीक स्वास्थ्यको मात्र नभई खेलसँग राष्ट्रियता जोडिने भएकाले यसप्रकारको प्रतियोगिता निरन्तर हुँदै गएमा मुस्ताङको पहिचान खेलक्षेत्रले पनि पस्कने सक्ने विश्वाश व्यक्त गरे।

बर्सेनि मुस्ताङको थासाङ—२ धौलागिरि युवा क्लबले मोफसलमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.