मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएका छन्। कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको प्राप्त गरेका हुन्। 

विश्वासको मत दिनेमा मुख्यमन्त्री पाण्डेको दल एकीकृत नेकपा समाजवादीका उनीसहित १३ जना, नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य रहेका छन्। यो संख्या प्रदेशसभामा रहेका सदस्य संख्याको बुहमत संख्या भन्दा पाँच जना बढी हो। 

मुख्यमन्त्रीले मागेको विश्वासको मतको वपक्षमा नेकपा एमालेका ४०, साझा विवेकशील पार्टीका तीनसहित ४३ जनाले मतदान गरेका थिए। सोमबारको बैठकमा चार जना प्रदेशसभा सदस्य अनुपस्थित थिए। अनुपस्थित हुनेमा नेकपा एमालेका दुई र र राप्रपाका दुई जना प्रदेशसभा रहेका छन्। 

संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। पाण्डेले मुख्यमन्त्री भएको ११ दिनभित्रै विश्वासको मत लिएका हुन्। 

मुख्यमन्त्री पाण्डेले छिट्टै मन्त्रीपरिषद् विस्तार गरिने बताए। ‘मन्त्रीपरिषद् विस्तार गरेर हामी समाजवाद उन्मुख कार्यक्रमहरु अघि बढाउँछौं’, उनले भने, ‘आर्थिक अनुशासन कायम गरेर फजुल खर्च नियन्त्रण गर्नेछौं।’

पाण्डेले आगामी तीन महिनाभित्र विगतका सरकारले गरेका कामबारे आफूले श्वेतपत्र जारी गर्ने बताए। विगतका सरकारले तीन वर्षसम्म केके काम गरेछन् भन्ने प्रदेशवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने लागेको उनको भनाइ छ।  साथै प्रदेश सरकाले सम्पन्न गर्न नसक्ने योजनामा हात हालेर समय खेर नफाल्ने पनि उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.