खुट्टी खोलामा सिंचाइका लागि नहर निर्माण सुरु

खुट्टी खोलामा सिंचाइका लागि नहर निर्माण सुरु

सिरहा : सिरहाको लहान नगरपालिकालाई चीरेर बगेको खुट्टी खोलामा सिंचाइका लागि बनाइएको नहरमा पानी आउन छाडेको झण्डै ३५ वर्षपछि नहरको पुनःनिर्माण सुरु गरिएको छ। लहान नगरपालिकाका प्रमुख मुनि साहले खुट्टी खोलामा नहरको हेड वर्क निर्माणको सोमबार शिलान्यास गरेपछि पुन : निर्माण सुरु भएको हो। 

३५ वर्षपछि नहर सूचारु हुन नसक्दा लहान नगरपालिकाका १०, ११, १२, २०, २१, २२, २३ नम्बर वडाका किसान सिंचाइ सुविधाबाट वञ्चित थिए। खुट्टी सिंचाइ योजना लहानका अध्यक्ष नारायण प्रसाद उप्रेतीका अनुसार प्रदेश सरकारको ८ करोड ५६ लाख रुपैयाँ लगानीमा मल्टी टेक प्रालिले ठेक्का सकारेपछि नहर निर्माण सुरु गरिएको हो।

नहर सुचारु नहुँदा ठाउँ-ठाउँमा नहर मिचेर खेत बनाउन थालेको र नहरलाई अतिक्रमण गरी कतिपय ठाउँमा भूमिहीन सुकुम्बासीहरुले घर बनाएर बसेका छन्। नहरलाई अतिक्रमण हुननदिन र नगरकोबीच भागबाट बगेको पानीलाई सिंचाइसँगै स्वच्छता बनाउन पनि लामो प्रयासपछि निर्माण सुरु गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए।

लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले खुट्टी खोलामा हेड वर्क निर्माण सम्पन्न भएपछि सिंचाइसँगै जलविहार लगायत पर्यटकीय स्थल बनाउन नगरपालिकाले सहयोग गर्ने बताए। ‘लामो समयको प्रयासपछि नहर पुन : निर्माण सुरु गर्न सफल भएका छौं,’उनले भने, ‘समयमै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई समेत आग्रह गर्दछु।’

सिंचाइ डिभिजन कार्यालय सिरहाका प्रमुख इन्जिनियर अरुण कुमार यादवले खुट्टी खोलामा हेड वर्क निर्माण समयमै सम्पन्न गरेर यस वर्ष धान रोपाइँको समयमा किसानको खेतमा पानी पुर्याउने प्रतिवद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.