कार्यकर्ताबाटै महाधिवेशन खर्च, कम्तीमा ९ करोड उठाउने

कार्यकर्ताबाटै महाधिवेशन खर्च, कम्तीमा ९ करोड उठाउने

काठमाडौं / चितवन : मुलुकमा कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पुग्यो। मंसिर १०–१२ गतेसम्म एमालेको १०औं महाधिवेशन हुँदैछ। चितवनको नारायणी नदी किनारस्थित प्रदर्शनीस्थलमा हुने महाधिवेशनको उद्घाटनमा ७२ जना कलाकारले सामूहिक प्रस्तुति दिने भएका छन्। एमालेका अनुसार मुलुकको संस्कृति झल्काउने गरी कलाकारको प्रस्तुति हुने छ। शुक्रबारदेखि नारायणी नदी प्रदर्शनीस्थल सम्याउने काम सुरु हुनेछ ।

मूल समारोहलाई आकर्षण बनाउन  सौन्दर्य झल्किने गरी स्टेजको डिजाइन तयार भइरहेको छ। त्यसैको आधारमा आ.इन्जिनियरले डिजाइन तयार गर्ने भएका छन्। ‘बढीभन्दा बढी सहभागी अटाउने गरी डिजाइन गर्छौं,’ एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने ‘धेरै मानिसले हेर्ने र सुन्न पाउने व्यवस्थापन गर्ने तयारी छ।’ 

उद्घाटन सत्रमा २ तहको स्टेज हुनेछ। माथिल्लो तलामा नेताहरू रहने छन्। सुरक्षाको हिसाबले मूल समारोहको स्टेज अगाडि छुट्टाछुट्टै ब्लक बनाएर सहभागीलाई राखिने छ। नारायणी नदीको पुलबाट एमालेको पहिचान झल्कने आकर्षित ब्यानर राखिनेछ। महासचिव ईश्वर पोख्रेलको नेतृत्वमा केन्द्रीय नेतासहित प्राविधिक टोलीले बिहीबार महाधिवेशनस्थलको अध्ययन गरेको छ। महासचिव पोखरेलसहित उपमहासचिव विष्णु पौडेल,  सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई, स्थायी कमिटी सदस्य रामबहादुर थापा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, कार्यालय सचिव शेरबहादुर तामाङ, नेता डा. राजन भट्टराईलगायतले महाधिवेशन स्थलको निरीक्षण गरेका थिए।  

कलाकारको प्रस्तुतिका लागि छुट्टै स्टेज बनाइने भएको छ। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले ठाउँ छनौट भएपछि तयारी तीव्र गरिने बताए। ‘मंसिर १ देखि हामी पूर्ण तयारीमा जुट्छौं,’ श्रेष्ठले भने, ‘यो ठाउँमा पनि यति भव्य कार्यक्रम हुन सक्छ भन्ने उहादरण देखाउने हाम्रो योजना छ।’ श्रेष्ठका अनुसार चितवनको साँस्कृतिक र विविध कला झल्काउने तयारी छ। 

बन्दसत्र सौराहाको होटल सेभेन स्टारको परिसरमा हुनेछ।  होटल परिसरको क्षेत्रफल अपुग हुने भएकाले होटल बाहिरको खाली जग्गामा २ हजार प्रतिनिधि अटाउने डोम निर्माण हुनेछ। स्थानीय व्यवस्थापनको कामअघि बढाइएको जिल्ला अध्यक्ष पार्वती रावलले बताइन्। ‘हाम्रो ध्यान स्थानीय व्यवस्थापनमा हुनेछ,’ उनले भनिन् ‘२० गते प्रतिनिधि छनौट सकेपछि हामी पूर्ण रूपमा महाधिवेशनमा खटिने छौं।’ उद्घाटनमा एमालेले ५ लाख नेता कार्यकर्ता उतार्ने तयारी गरेको छ। नारायणगढस्थित नारायणी किनारमा उद्घाटन गरिनेछ।  उद्घाटनपछिको  बन्दसत्र सौराहामा गरिने एमालेले जनाएको छ।

संगठित सदस्यबाटै ९ करोड 
संगठित सदस्यबाटै कम्तीमा ९ करोड महाधिवेशन खर्च उठाउने एमालेले जनाएको छ। पार्टीका सबै संगठित सदस्यबाट कम्तीमा १/१ सय सहयोग गर्न आह्वान गरेको छ। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले व्यापारीबाट चन्दा नउठाई कार्यकर्ताबाटै उठाएको पैसाबाट महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। 

एमालेको नवौं महाधिवशेनमा ५ करोड खर्च भएको थियो।  योभन्दा डेढ गुना बढी यस महाधिवेशनमा खर्च हुने अनुमान गरिएको छ। कात्तिक २७ मा एकैदिन १ हजार ९ सय ९९ प्रतिनिधिको चयन गरिने छ। कतिपय जिल्लामा बिहीबारबाटै प्रतिनिधि चयन निर्वाचनका लागि मनोनयन दर्ताको काम सुरु भइरहेको केन्द्रीय सदस्य शेरबहादुर गुरुङले बताए। प्रतिनिधिको निर्वाचनका लागि पार्टीको संगठित सदस्यको संख्याको अपडेट भइरहेको छ।  

२ प्रतिशत  संगठित सदस्य (पीएम) मात्रै नेकपा (एकीकृत समाजवादी) मा गएको एमालेको दाबी छ। सचिव तामाङले एमालेका पुराना २ प्रतिशत संगठित सदस्यले मात्रै नवीकरण नगरेको बताए।  ‘२ प्रतिशतले मात्रै नवीकरण गरेका छैनन्। यसको अर्थ यही संख्या नेकपा (एस)मा गएको हुनुपर्छ,’ उनले भने। 

वडा र पालिका अधिवेशन सकियो 

एमालेको बाँकी रहेका सबै वडा र पालिकास्तरको अधिवेशन सकिएको छ। पार्टीको निर्देशनअनुसार बाँकी रहेका सबै वडा र पालिकाको बिहीबार अधिवेशन भइसकेको छ। यसअघि कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिकाको अधिकांश अधिवशेन भएको थियो। पार्टीको सबै वडा र पालिकाको अधिवेशन बिहीबारबाट टुंगिएको केन्द्रीय कार्यालय सचिव तामाङले बताए। ‘अब कुनै वडा र पालिकाको अधिवेशन बाँकी रहने छैनन्। २५ गतेभित्र सक्न सर्कुलर नै भएको सबै अधिवशेन टुगिंएका छन्,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.