आफ्नै जिब्रोले कान सफा गर्ने जनावर !

आफ्नै जिब्रोले कान सफा गर्ने जनावर !

विशिष्ट शारीरिक संरचना भएको जिराफ पृथ्वीको सबैभन्दा अग्लो जनावर हो। यो शाकाहारी जीवको जिब्रो २० इन्चसम्म लामो हुन्छ। तान्जानियाको राष्ट्रिय पशु जिराफका बारेमा केही रोचक तथ्य :

–     जिराफ शब्द अरबी भाषाको ‘अल–जिराफा’बाट भएको हो। 
–     संसारमा ९ प्रजातिका जिराफ पाइन्छन्। जुन आफ्नो आकार, रंग तथा वासस्थान अनुसार भिन्न–भिन्न हुन्छन्। 
–    यो जनावर मुख्यतः अफ्रिका तथा उत्तर नाइजर र सोमालियामा समेत पाइन्छन्। 
–     जिराफ २५ वर्षसम्म बाँच्न सक्छ।  
–     यो जनावर सुन्दर तथा लजालु स्वभावको हुन्छ। 
–     जिराफ ऊँट जस्तै धेरै समय पानी नपिइकन बस्न सक्छ।  
–     जिराफले एकैपटकमा ४५ लिटरसम्म पानी पिउन सक्छ। त्यसपछि हप्तौंसम्म उसलाई पानी चाहिँदैन।
–     जिराफ सामाजिक प्राणी हो। यिनीहरूको एउटा झुन्डमा १५ देखि २० सदस्य हुन्छन्। 
–     जिराफ ८ सयदेखि १२ सय किलोग्रामसम्मका हुन्छन्। 
–     जिराफहरू दिनमा १० मिनेटदेखि २ घन्टाभन्दा बढी सुत्दैनन्। यिनीहरू उभिएरै निदाउँछन्। 
–     जिराफको गर्भकाल लगभग १५ महिनाको हुन्छ। 
–     जिराफले एकपटकमा एउटा मात्र बच्चा जन्माउँछ। 
–     जन्मँदै लगभग ६ फिटको जिराफको बच्चा ४५ देखि ६८ किलोग्रामसम्मको हुन्छ। 
–     एउटा वस्यक जिराफको पुच्छर ८ फिटसम्म लामो हुन्छ। 
–     जिराफको जिब्रो २० इन्चसम्म लामो हुन्छ। जसको सहायताबाट उसले आफ्नो कान सफा गर्न सक्छ।  
–     यसको जिब्रो कालो रंगको हुन्छ। 
–     जिराफको रक्तचाप मानिसको भन्दा दुईगुणा बढी हुन्छ। 
–     मानिसको जस्तै यसका पनि ३२ वटा दाँत हुन्छन्। 
–     करिब १२ इन्चको यसको खुर धेरै बलियो र तीखो हुन्छ। जसको प्रहारबाट बाघ पनि एकैपटकमा मर्छ। 
–    यो जनावर ३५ माइल प्रतिघन्टाको गतिमा दौड्न सक्छ। 
–     प्रत्येक वर्ष जुन २१ मा विश्व जिराफ दिवस मनाइन्छ। 
–     जिराफहरूले पनि आपसमा शारीरिक सम्बन्ध राखेको पाइएको छ। यस्तो सम्बन्ध भाले जिराफमा बढी देखिएको विभिन्न अध्ययनमा भनिएको छ ।  
–    यसको औसत उचाइ १५ देखि १८ फिटसम्म हुन्छ। 
–     जिराफले एकपटकमा ३४ किलोग्रामभन्दा बढी खानेकुरा खान सक्छ। 
–     जिराफको पछाडिकोभन्दा अगाडिको खुट्टा ठूलो हुन्छ। 
–     यिनीहरूको शरीरमा खैरो रंगका धब्बाहरू हुन्छन्। जसले जिराफ सुन्दर देखिन्छ। 
–     एउटा जिराफको शरीरमा भएको धब्बा अर्को जिराफसँग मिल्दैन।  
–     जिराफको गर्धन ५ फिटदेखि ६ फिटभन्दा लामो हुन्छ। 
(विभिन्न एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.