हिम पहिरोबाट दुई गोठका १४ चौरी बेपत्ता

हिम पहिरोबाट दुई गोठका १४ चौरी बेपत्ता

जोमसोम : मुस्ताङको थासाङ—२ नाउरिकोट माथिको उच्चलेकको चौरी खर्कमा रहेका १४ याक-चौरी बेपत्ता भएका छन्। आइतबार धौलागिरि क्षेत्रको पानापाथी हिमालबाट उर्लिएर आएको भीषण हिम पहिरोका कारण सो क्षेत्रको सित्लुङ खर्कमा रहेका दुई गोठका १४ याक-चौरी बेपत्ता भएका कोवाङ प्रहरी चौकीले जनाएको छ।

हिम पहिरो गएको पानपाथी हिमालको फेदमा ३ वटा चौरी गोठ थियो। त्यहाँ स्थानीय सचेन्द्र गौचनको ६५ , भीम गौचनको ६५ र शुशिला गौचनको ४० वटा याक-चौरी थिए। आइतबार बिहानैबाट बेपत्ता याक-चौरीको उक्त क्षेत्रमा खोज तलास गर्ने क्रममा स्थानीय सचेन्द्र गौचनको ५८ र भीम गौचनको ५८ वटा याक-चौरी भेटिएको कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीले जानकारी दिए । 

तर सचेन्द्र र भीम गौचनको दुई गोठका १४ याक-चौरी अझै फेला नपरेका उनले जानकारी दिए। अहिले हिम पहिरो ग्रस्त क्षेत्रबाट प्रहरी टोली फिर्ता आएका छन् भने चौरी धनीहरु गोठ भएको स्थानमा गएका छन्। स्थानीय चौरी पालक शुशिला गौचनको याक-चौरी मंगलबार मात्र खोजी गर्ने जनाइएको छ। चौरी धनी तथा प्रहरीको संयुक्त टोली हिम पहिरो प्रभावित क्षेत्रमा खोजी गर्दा बेपत्ता याक-चौरी फेला पर्न नसकेको हो। 

बेपत्ता याकचौरी हिमपहिरोमा पुरिएर वा हताहत भएर जंगलतर्फ लागेको हुनसक्ने प्रहरीको अनुमान छ। शुशिला गौचनको याकचौरीको अवस्था खुल्न सकेको छैन। गर्मीयाममा उच्च लेकमा र हिउँदमा बेसी स्थान्तरण गरिने याक-चौरीहरु चिसो बढेसँगै बस्ती ल्याउने तैयारी थियो। तर अकल्पनीय रुपमा हिम पहिरो गएपछि स्थानीय पशुपालक चिन्तित बनेका छन्।

आइतबारको हिम पहिरो अहिलेसम्मकै भयावह भएको स्थानीय बताउँछन्। जाडोमा हिमालको हिउ जमेर बस्नु पर्ने अवस्थामा हिमपात भएकोले हिमाली क्षेत्रको तापक्रम समेत वृद्धि भएको हुनसक्ने कतिपयको ठम्याइ छ। हिम पहिरोले बोक्सी खोला र नाउकोट क्षेत्र माथिको लेक र खोलामा बरफको चाङ लागेको प्रहरी इञ्चार्ज जिटीले उल्लेख गरे। उनका अनुसार सो क्षेत्रको खर्कमा रहेका सल्ला र धुपीका रुखहरु हिम पहिरोले लतारिएर ढलेका छन्। खोलाको पानी बग्ने स्थानमा बरफको चाङ थुप्रिएको छ भने खर्कको जंगलबाट हिम पहिरोसँगै माटो समेत उभारिएको छ।

हिम पहिरोबाट हताहत भइ घाइते भएका ३ जनालाई सोमबार थप उपचारका लागि पोखरा रिफर गरिएको छ। उनीहरुलाई तारा एअरको जहाजमा राखेर पोखरा लगिएको हो। हिम पहिरोले कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका झन्डै १ सय ६० विद्यार्थीको भागदौड चलेको थियो। 
विद्यालयको दोश्रो पिरियड चल्दै गर्दा हिम पहिरोको ठुलो आवाज गुन्जिएपछि विद्यार्थी र शिक्षकमा भागदौड सुरु भएको थियो। विद्यालयमा हताहत हुँदा ३ शिक्षक र ८ विद्यार्थी घाइते भएका थिए। जोमसोम अस्पतालमा रहेका ८ घाइतेका अवस्था सामान्य रहेको छ।

‘हिम पहिरो खस्दा हिमालै खसे जस्तो भयो ’

आइतबार जनआर्दश माध्यमिक विद्यालयमा करिव ११:३० बजेको समयमा दोश्रो पिरियड चल्दै थियो। कक्षामा दोश्रो घन्टी पढाइरहेको बेलामा उक्त विद्यालय शिक्षक विरेन्द्र लामिछाने कक्षामै थिए। उनी हिम पहिरोबाट हताहत हुँदा घाइते भए। उनी अहिले जोमसोम अस्पतालमा उपचार गराइरहेका छन्। 

घटनाबारे बताउँदै उनले भने, ' अकस्मात ११: ३० बजे धौलागिरिको पानापाथी हिमालबाट भीषण हिम पहिरो गयो। जीवनमा हिम पहिरो जान्छ भन्ने सुनेको मात्र थिएँ तर कहिल्यै देख्न पाएको थिइनँ। डर लाग्दो आवाजसहितको हिम पहिरो देखियो।’ 

पहिले त आफुलाई हिम पहिरो गएको पत्यार नलागेको र हिम पहिरोको आवाजलाई हावाको बेग सम्झिएको उनले बताए। ' हेडसरले हिम पहिरोको सूचना गराएपछि हामी सबै बाहिर निस्कियौं। पछाडि हेर्दा त गल्याङ गुर्रलुङ हिमालै खसेको जस्तो लाग्यो। हामी अनियन्त्रित भयौं।', घटना सम्झँदै लामिछाने भन्छन् ,‘ त्यसपछि विद्यालयका सबै शिक्षक र विद्यार्थीको ज्यान बचाउन सुरक्षित स्थानमा भागदौड मच्चियो। हिम पहिरो खस्दा धुलो र हिउँ एकैसाथ  आफ्नै अगाडि आउन लागेको जस्तो भयो ।'

स्कुल माथि भएकाले हिम पहिरोको जोखिम आफूहरूलाई बढी भएको उनको भनाइ छ। भागदौडमा केही विद्यार्थी र शिक्षक घाइते भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.