सुन्तलामा देखियो औंसा किरा

सुन्तलामा देखियो औंसा किरा

स्याङ्जा : स्याङ्जाका सुन्तलामा औंसा किराको आक्रमण तिव्र देखिएको छ। सुन्तला र सुन्तलाजातका फल पाकेर टिप्ने बेलाका सुन्तलामा औंसाको प्रकोप देखिएपछि यहाँका किसान चिन्तामा परेका छन्।

सुन्तला पाक्न समयभन्दा अगावै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेकाले सुन्तला परिक्षण गर्दा औंसाको प्रभाव देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए। ‘झरेका सुन्तलालाई ठूलो खाडलमा पुर्नु वा प्लाष्टिकका थैलामा जम्मा पारेर हावा नछिर्नेगरी त्यसको मुख राम्ररी बाँधेर एकसाता घाममा राख्नुपर्छ’, उनले भने, ‘ती किरालाई जमिनभित्र जाने वातावरण दिनुहुँदैन। अनि मात्र औंसा किरा नियन्त्रण गर्न सकिन्छ।’ 

प्रयोग नगरिने पानीको ट्यान्की र गोबर ग्याँसको खाडलमा झरेका सुन्तला डुबाएर किरा नियन्त्रण गर्न सकिने उनले थपे। औंसा किरा व्यवस्थापन लागि सबै किसानले अभियान सुरु गर्न जरुरी छ। एक/दुई जनाको वेवास्ता गरे पनि यो समस्या नहट्ने उनले बताए।   

एउटा औंसा किराले ५० देखि २ सय वटासम्म किरा पार्ने हुँदा यसको प्रभाव तिव्र फैलिने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय प्रमुख माधवप्रसाद लम्सालको भनाई छ। औंसा किरा सुन्तला लगायत मौसम, निवुवा, जुनार लगायतका फलमा पनि देखिएका छन्। एउटा दाना फलमा १० देखि १५ वटासम्म औंसा किरा भेटिएको प्रमुख लम्सालले जनाए। 

फल झर्ने क्रम तिव्र देखिएपछि किसानका बगैंचामा पुगेका ज्ञान केन्द्र र सुपरजोनले किरा नियन्त्रण गर्ने विधि सिकाएको छ। केन्द्र र सुपरजोनले किसानलाई झरेका सुन्तला संकलनका लागि प्लाष्टिकका थैला प्रदान गरेको छ। 

केन्द्र र सुपरजोन कार्यालयका प्रमुखसहितका प्राविधिक टोलीले पुतलीबजार, भीरकोट र अर्जुनचौपारीका क्लष्टरमा पुगेर बगैंचा अनुगमनसहित सुन्तला किसानसँग अन्र्तक्रिया गरेका छन्। उनीहरुले बगैंचा व्यवस्थापन, मलजल र समयमै प्रोटिन बेट लगायतका आवश्यक तत्व उपलब्ध गराउन सुझाव दिए। 

कृषि प्राविधिक अधिकृत इन्द्रप्रसाद सुवेदी र वालि संरक्षण अधिकृत सविन कार्कीले प्राविधिक पक्षका बारेमा पनि जानकारी गराए। ‘सुन्तला किसानका लागि कोरोनाभन्दा बढी खतरनाक देखिएको छ औंसा किरा’ सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद अर्याल भन्छन्। उनले थपे, ‘यसको तत्काल नियन्त्रण र उचित व्यवस्थापन गर्न सकेनौं भने स्याङ्जाका सुन्तला सबै सखाप हुनेछन्।’  

गतवर्ष ५१ करोडको सुन्तला उत्पादन गरेको स्याङ्जाले यसवर्ष निकै कम आम्दानी हुने जनाएको छ। गतवर्ष सुन्तलाबाट २२ लाख आम्दानी गरेको बताउने पुतलीबजार नगरपालिका १० का मुक्ति अधिकारीले यसवर्ष १० लाखको पनि सुन्तला नहरेको जनाए।

औंसाका कारण यहाँका सयौं किसानका सुन्तलाबाट आउने आम्दानी घट्ने निश्चित छ। स्याङ्जाको प्रमुख बालीमध्ये सुन्तला एक हो। सुन्तलाका लागि उपयुक्त हावापानी भएकाले यस जिल्लामा सुन्तला सुपरजोन परियोजना सञ्चालनमा छ। यहाँका ९७ वडामध्ये ३-४ वटा वडा वाहेक सबै वडामा सुन्तला उत्पादन राम्रो हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.