स्याङ्जा कांग्रेस प्रदेशसभा अधिवेशन : तिवारी, खाँण, खनाल र भट्टराई निर्वाचित

स्याङ्जा कांग्रेस प्रदेशसभा अधिवेशन : तिवारी, खाँण, खनाल र भट्टराई निर्वाचित

स्याङ्जा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ४ प्रदेशसभाका निर्वाचन मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) को सभापतिमा केशरबहादुर खाँण (धुव्र) विजयी भएका छन्। उपसभापतिमा बोधराज अर्याल र हुमबहादुर लम्साल (राजेन्द्र), सचिवमा आशिष लम्साल र नवराज वाग्ले, सहसचिवमा वेदकुमार गुरुङ र राजेन्द्र शर्मा निर्वाचित भएका छन्।

प्रदेशसभा (ख) तर्फ प्रदेश सभापतिमा प्रकाश तिवारी विजयी भए। उनीसँगै उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हादजंग मरासिनी, सचिवमा प्रताप पौडेल तथा शिवबहादुर थापा र सहसचिवमा उदयराज पौडेल (सन्तोष) तथा युवराज हमाल निर्वाचित भएका छन्। 

यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी भए। उपसभापतिमा कुलबहादुर गुरुङ र भविष्वर कोइराला, सचिवमा ढण्डपानी पंगेनी (डण्डु) र अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण र बोधराज कुँबर (राजु) निर्वाचित भएका हुन।

प्रदेशसभा (ख) तर्फको सभापतिमा महेश भट्टराई विजयी भएका छन्। उपसभापतिमा टिकाराम तिवारी र खगीसरा निर्विरोध निर्वाचित भए। सचिवमा गोकर्णप्रसाद भट्टराई र रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएको जिल्ला निर्वाचन समितिको कार्यालयले जनाएको छ। 

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को क अन्तर्गत केशरबहादुर खाँणसँगै सीमा केसी कर्माचार्य र ख अन्तर्गत प्रकाश तिवारीसँग रविन केसी चुनावी प्रस्पिर्धामा थिए। यसैगरी, निर्वाचन क्षेत्र नं. २ को क अन्तर्गत अर्जुन खनाल र बिद्या श्रेष्ठ, महेश भट्टराई र कमलप्रसाद रेग्मी चुनावी प्रस्पिर्धामा थिए। 

४ प्रदेशमा २ हजार २ सय ५९ मतदाता थिए। सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत रामचन्द्र गौतम (आरसी) ले बताए। उनका अनुसार निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा ५३६ मधे ५३३, (ख) मा ४९३ मध्ये ४८९ र क्षेत्र नं. २ को (क) मा ६०० मध्ये ५९३ र (ख) मा ६३० मध्ये ६१३ जनागरी २ हजार २ सय २८ ले मतदान गरेका थिए।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.